Logo

शनिवार, जेठ १४ गते २०७९

images

चीनमा अल्पसंख्यक उईघुरमाथिको दमनलाई डच संसदद्धारा नरसंहारको संज्ञा

चीनमा अल्पसंख्यक उईघुरमाथिको दमनलाई डच संसदद्धारा नरसंहारको संज्ञा

नेपाल पाना चैत्र २७ २०७७
  • 7.9K
    SHARES
  • चीनमा अल्पसंख्यक उईघुरमाथिको दमनलाई डच संसदद्धारा नरसंहारको संज्ञा

    आम्स्टर्डम । चीनमा मुस्लिम अल्पसंख्यक उईघुर समुदाय माथिको दमन नरसंहार रहेको भन्दै नेदरल्याण्डमा संसदले गैर बाध्यकारी प्रस्ताब पारित गरेको छ ।
     
    चीनमा अल्पसंख्यक उईघुर बिरुद्धको सरकारी दमनलाई नरसंहारको संज्ञा दिँदै नेदरल्याण्डमा  संसदले प्रस्ताब पारित गरेको हो । युरोपमा पहिलो पटक नेदरल्याण्डले चीनमा अल्पसंख्यक उईघुरमाथिको दमनबारे यस्तो कदम लिएको हो । उईघुर अल्पसंख्यकमाथि नरसंहार भइरहेको संसदको प्रस्ताबमा उल्लेख छ ।

    सिन्जियाङमा नरसंहार भएको आरोप झुट रहेको र नेदरल्याण्डले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको नेदरल्याण्डस्थित चिनियाँ दुतावासले टिप्पणी गरेको छ । चीनको सिन्जियाङमा दश लाख भन्दा धेरै मुस्लिम उइघुरहरुलाई बन्दी बनाइएको संयुक्त राष्ट्रसंघीय अधिकारकर्मीहरुले बताउँदै आएका छन् ।

    अन्तराष्ट्रिय मानवअधिकारकर्मी तथा पश्चिमी राजनीतिज्ञहरुले चीनमा सरकारले उईघुरमाथि यातना दिने, बाध्यकारी श्रम तथा बन्ध्याकरण गर्ने जस्ता दमन गरिरहेको आरोप लगाउँदै आएको छ ।  तर, चीन सरकारले भने उक्त आरोपको खण्डन गर्दै सिन्जियाङमा व्यावसायिक प्रशिक्षण प्रदान गर्ने गरेको दाबी गर्दै आएको छ । स्रोत रोयटर्स

    चैत्र २७, २०७७ शुक्रवार ०९:०३:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend