Logo

शुक्रवार, माघ ७ गते २०७८

images

प्रचण्डलाई धपाउने प्रधानमन्त्रीकाे याेजना सफल पार्न देउवाले चाले पहल !

प्रचण्डलाई धपाउने प्रधानमन्त्रीकाे याेजना सफल पार्न देउवाले चाले पहल !

नेपालपाना चैत्र २७ २०७७
  • 6.3K
    SHARES
  • प्रचण्डलाई धपाउने प्रधानमन्त्रीकाे याेजना सफल पार्न देउवाले चाले पहल !

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक अवस्थालाई सामाधान गर्न निर्वाचनमा जानै पर्ने अवस्था रहेको बताउँदै आएको थिए ।

    यस्तोमा प्रमुखप्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि मुलुकको राजनीतिक विकरालको अवस्थालाई निकास दिन निर्वाचनमै जान पर्ने बताएका छन् ।

    नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) केन्द्रीय कार्यसमितिद्वारा आयोजित राष्ट्रिय भेला तथा विधान अधिवेशनमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् । मुलुकको वर्तमान परिस्थितिलाई निकास दिन निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्ने सभापति देउवाको भनाइ थियो ।

    कार्यक्रममा बोल्दै देउवाले भनेका थिए, “सरकार गठन भए ठीकै भयो, भएन भने निर्वाचनमा जानुपर्ने हुन सक्छ, निर्वाचन बाध्यता हुन सक्छ । पार्टीको सरकार भएन भने पनि देशको निर्वाचन तथा पार्टीको अधिवेशनमा लाग्नुपर्नेछ । वर्तमान सरकारको विकल्प पनि खोज्नुपर्ने छ, यी दुवै काम प्राथमिकतामा छन् ।”

    यसबाहेक उनले कांग्रेसले सत्ता समिकरणका लागि पहल नचाल्ने बताएका छन् । उनले अघि भने, “अहिलेको वास्तविकता बुझिदिनुस्, संसद्मा सङ्ख्या कम छ, दुई पटक बैठक बोलाउन प्रयास गरेकामा सङ्ख्या नै नपुगेर स्थगित भयो । नेपालको संविधानअनुरुप एक चौथाइ सदस्यले संसद् बोलाउन पनि हामीसँग सङ्ख्या पुग्दैन ।”

    प्रधानमन्त्रीकाे याेजना अनुरूप देउवाले समेत निर्वाचनमा जान पहल चालेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पाखा लगाउन सक्ने देखिएको छ । चुनावमा जाँदा पुन: एमाले र कांग्रेसको नै शक्तिशाली उदय हुने निश्चित छ ।

    चैत्र २७, २०७७ शुक्रवार १८:०२:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana