Logo

आइतवार, जेठ २ गते २०७८

खोप उपलब्ध गराउन परराष्ट्रमन्त्रीले भारतसँग गरे आग्रह !

खोप उपलब्ध गराउन परराष्ट्रमन्त्रीले भारतसँग गरे आग्रह !

नेपालपाना चैत्र २७ २०७७
  • 2.0K
    SHARES
  • खोप उपलब्ध गराउन परराष्ट्रमन्त्रीले भारतसँग गरे आग्रह !

    काठमाडौं। नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच आज टेलिफोन वार्ता भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री एस।जयशङ्करबीच आज भएको वार्तामा कोभिड–१९ को महामारीविरुद्ध लड्ने तथा त्यसलाई परास्त गर्ने कार्यमा निरन्तर सहयोग आदानप्रदान गर्न सहमति भएको छ ।

    दुबै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ महामारीविरुद्धको लडाइँमा थप सहयोगको अभिवृद्धि गर्नेसहित खोपको आपूर्तिबारे विचारविमर्श गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड महामारीविरुद्धको नेपालको लडाइँमा १० लाख मात्रा कोभिशिल्ड खोप उपलब्ध गराएकामा भारत सरकारप्रति हार्दिक आभार व्यक्त गरे । साथै उनले कोभिडको उच्च जोखिममा परेका नेपालीलाई दोस्रो मात्रा खोप लगाउन आवश्यक पर्ने थप खोपको आपूर्तिका निम्ति सहजीकरण गर्न भारतका बाह्य मामिलामन्त्रीसँग अनुरोध गरेको उक्त मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

     प्रत्युत्तरमा बाह्यमामिला मन्त्रीले खोप आपूर्तिसहित महामारीबाट पार पाउन नेपालको प्रयासमा भारतको निरन्तर साथ र सहयोग रहने आश्वासन दिए ।

    चैत्र २७, २०७७ शुक्रवार १९:२८:१४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana