Logo

आइतवार, जेठ २ गते २०७८

जसपाको निष्कर्ष : ओली साहसी नेता हुन्, मधेशको माग उनले मात्रै पुरा गर्न सक्छन्

जसपाको निष्कर्ष : ओली साहसी नेता हुन्, मधेशको माग उनले मात्रै पुरा गर्न सक्छन्

Nepal Pana चैत्र २९ २०७७
  • 18.6K
    SHARES
  • जसपाको निष्कर्ष : ओली साहसी नेता हुन्, मधेशको माग उनले मात्रै पुरा गर्न सक्छन्

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेताहरुले मधेसको मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मात्रै सम्बोधन गर्ने निष्कर्ष निकालेका छन् । राजेन्द्र महतो निकट नेता मनीष सूमनले न्युज ट्वान्टी फोरसँगको अन्तर्वार्तामा अहिलेको अवस्थामा मधेसको माग सम्बोधन गर्ने ल्याकत ओलीबाहेक अरु कसैमा नभएको बताए ।

    यस्तो छ अन्तर्वार्ताको अंश:

    कांग्रेस सभापित शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने इच्छा नै छैन । बरु उनका पार्टीका अरु नेतालाई इच्छा हो । कोही कोही हाम्रा अध्यक्ष महन्थ ठाकुरलाई भेट्न पनि आउँछन् । तर स्वयं पार्टीको सभापति जसलाई नेतृत्व दिने निर्णय गरेको छ कांग्रेसले पार्टीमा त्यति इच्छुक भएको देखिँदैन ।

    कांग्रेसले निर्णय गरेपछि देउवा निवासमा हामीलाई बोलाइयो । हामीले आफ्ना एजेण्डा राखेका छौं । साविकका मागहरु रेशम चौधरीको निशर्त रिहाइ, मुद्दा खारेजी । थुप्रै राजबन्दीको रिहाइ । मधेस र थारु आन्दोलनका झुठा मुद्दा फिर्ता, नागरिकता विधेयक अगाडि बढाउ । नेपालको संविधान अपुरो छ संशोधन गरौं ।

    मधेस आन्दोलन ताका भएका घटना छानविनका लागि बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न शेरबहादुर र प्रचण्डको कार्यकालमा पनि भनेको हो । उहाँहरुले चासो दिनुभएन । अहिले ओलीजी चासो दिँदै हुनुहुन्छ । उहाँलाई आवश्यकता छ त्यही भएर धेरै चासो दिइरहनुभएको छ । मुद्दाहरु फिर्ताको क्रममा छ । यो सब अगाडि बढिसकेपछि हतार हतार जसपा उता (ओली) लाग्ला कि भनेर हामीलाई बोलाएर औपचारिक रुपमा एउटा प्रस्ताव सुनाइयो । म आफै प्रधानमन्त्री बन्न इच्छुक छु तपाईको के छ विचार? पहिलोपटक सुन्ने वितिकै होइन तपाई त धेरै राम्रो, अनुहार राम्रो भनेर होस्टेमा हैसे मिलाउने अवस्था पनि थिएन । हामी विचार गर्छौं भनेर फर्केका छौं । विचार गर्दैछौं ।

    Manish suman.jpg

    केपी ओलीजीको मधेसमा विगत दर्दनाक भए पनि अहिले आएर परिवर्तन हुनुभएको छ । मधेसका सबै माग पुरा गरिदिनुभयो भने जसपा साथ समर्थन दिन तयार छ ।
    हाम्रो सरोकार नयाँ सत्ता, को प्रधानमन्त्री बन्छ, फेरिन्छ भन्ने कुरासँग हाम्रो सरोकार छैन ।  हामीलाई नेतृत्व नै दिए पनि त्यति सरोकार हुँदैन । मधेस एजेण्डा नै हाम्रो सरोकार हो । 
    सम्माननीय प्रधानमन्त्रीसँग एकदम गम्भीर वार्तालाप चलिरहेको छ ।

    सरकारले लिनसक्ने मुद्दा फिर्ताको सवालमा महान्यायाधिवक्ता कार्यालयमार्फत सरकारी वकिलसँग राय लिएर अगाडि बढिसकेको अवस्था छ । हामीले पेश गरेका मुद्दाहरु छिट्टै समाधान हुनेगरी प्रक्रियामा गइसकेको छ । अर्को रेशम चौधरीको मुद्दा सर्वोच्चमा पुनरावलोकन भइरहेकाले त्यहीँबाट टुंगिन्छ । त्यसमा समय लाग्ला ।

    लाल आयोगको प्रतिवेदन प्रधानमन्त्रीले चाहने वितिकै आधा घण्टाभित्र सार्वजनिक हुनसक्छ ।

    संविधान संशोधन कुनै एउटा दलले मै गर्दिन्छु भन्न सक्ने अवस्था छैन । दुई तिहाइ चाहिन्छ । राजनीतिक सहमतिपछि मात्र हुन्छ । अहिले त म गर्दिन्छु म गरदिन्छु भन्दै छन् । हामी संशोधन गर्छौं । प्रधानमन्त्री कसरी फेर्ने भन्नेम पनि लेख्नुपर्छ । गम्भीर त्रुटि छन् । तर इच्छाशक्ति भएको प्रधानमन्त्रीले चाह्यो भने संशोधन हुनसक्छ । मुद्दा फिर्ता, पेशीमा छिटोछिटो बहस यी सब उहाँहरुले चाह्यो भने हुनसक्छभ । चाहेन भने कहिल्यै हुँदैन । जसपा यसपालि भुलभुलैयामा पर्नेवाला छैन ।

    ओलीजी ल्याकत भएको मान्छे हो । सीके राउतलाई सम्बोधन गरे । विप्लवलाई भूमिगतबाट शान्तिको मार्गमा ल्याउने ल्याकत भएको ओलीजी नै हो । तसर्थ उनको वायोडाटा पनि बलियो भएको हुनाले जनता समाजवादी पार्टीलाई विश्वास लागेको हो हाम्रो माग पुरा गरिदिन्छन् । अरुले सत्तामा गएर भोलि गरौंला भन्नुहुन्छ । तर आजै गर्न सक्ने ल्याकत ओलीजीमा छ ।

    त्यसकारण ओलीजीसँग सम्वाद गहिरिँदै गएको छ । थुप्रै हिँडिसक्यौं । अब ओलीजीले माग पूरा गर्नुभयो भने जनता समाजवादी पार्टी उनलाई साथ दिन बाध्य हुन्छ ।

    चैत्र २९, २०७७ आइतवार १९:२४:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जसपा

  • सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana