Logo

आइतवार, जेठ २ गते २०७८

भारतले कोरोनाविरुद्ध प्रयोग हुने औषधि निर्यातमा रोक लगायो !

भारतले कोरोनाविरुद्ध प्रयोग हुने औषधि निर्यातमा रोक लगायो !

नेपालपाना चैत्र २९ २०७७
  • 2.3K
    SHARES
  • भारतले कोरोनाविरुद्ध प्रयोग हुने औषधि निर्यातमा रोक लगायो !

    काठमाडौं। भारतले कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग गरिने रेमडेसिभिर औषधिको निर्यातमा रोक लगाएको छ । भारतमा संक्रमण अत्यधिक बढ्न थालेपछि रोक लगाइएको हो ।

    कोरोना संक्रमितमाथि रेमडेसिभरको औषधि आपतकालीन प्रयोग गर्ने गरिएको छ । यसका साथै रेमडेसिभिर भएका एन्टिभाइरल इन्जेक्शन र यसको एक्टिभ फर्मास्युटिकल इन्ग्रिडिएट्स (एपीआई) को निर्यातमा पनि रोक लगाएको एजेन्सीले जनाएको छ ।

    केन्द्रीय स्वास्थ्य मन्त्रालयले औषधि निर्माता कम्पनीलाई आफ्नो वेबसाइटमा उक्त औषधिको मौजुदा भण्डारण तथा वितरणको जानकारी सार्वजनिक गर्न निर्देशन दिएको छ ।

    साथै, नियमनकारी निकायलाई उक्त औषधिको भण्डारणको जाँच गर्न तथा कालोबजारी हुन नदिन कारबाही प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिएको छ ।

    चैत्र २९, २०७७ आइतवार २१:२९:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana