Logo

आइतवार, जेठ २ गते २०७८

ओली सरकारले गर्याे कमाल, माहामारीकै अवस्थामा पनि अर्थतन्त्रमा कायापलट !

ओली सरकारले गर्याे कमाल, माहामारीकै अवस्थामा पनि अर्थतन्त्रमा कायापलट !

नेपालपाना चैत्र ३१ २०७७
  • 3.5K
    SHARES
  • ओली सरकारले गर्याे कमाल, माहामारीकै अवस्थामा पनि अर्थतन्त्रमा कायापलट !

    काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अर्थतन्त्रका क्षेत्रमा भने कमाल गरेको भन्न सकिने देखिएको छ ।

    अर्थ विद्हरुले चालु आर्थिक बर्षमा ५ प्रतिशत आर्थिक वृद्धि हुने दाबी गरेका छन् । कोरोना भाइरसको माहामारीका कारण विश्वका विभिन्न देशहरुमा अर्थतन्त्र डामाडोल भइरहेको अवस्थामा नेपालमा ५ प्रतिशतले अर्थतन्त्र वृद्धिलाई उल्लेख्य रुपमा हेर्न सकिने अर्थविद्हरुको ठम्याइछ ।

    अर्थसचिव शिशिरकुमार ढुंगानाले मुलुकको अर्थतन्त्र ‘भी’ आकारमा पुनरुत्थान भइरहेको भन्दै आर्थिक वृद्धि ५ प्रतिशत माथि हासिल हुने दाबी गरेका हुन् । 

    चालु आर्थिक वर्षमा ११ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरिएको भन्दै उनले बैंकहरूबाट विस्तार भएको कर्जाले पनि अर्थतन्त्र  चलायमान भएको देखिएको र औसतभन्दा माथि अर्थात् ५ प्रतिशतको आर्थिक वृद्धि हुने दाबी गरे ।

    चैत्र ३१, २०७७ मंगलवार १९:२३:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अर्थ

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana