Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

एमसीसी पारित गराउन प्रचण्ड तयार, देउवासँग राखे यस्तो शर्त, तर महन्थले मानेनन्

एमसीसी पारित गराउन प्रचण्ड तयार, देउवासँग राखे यस्तो शर्त, तर महन्थले मानेनन्

नेपाल पाना बैशाख १ २०७८
  • 17.7K
    SHARES
  • एमसीसी पारित गराउन प्रचण्ड तयार, देउवासँग राखे यस्तो शर्त, तर महन्थले मानेनन्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकी आर्थिक सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गराउन तयार भएका छन् ।

    चप्पल कारखानास्थित प्रमोद राणाको निवासमा प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच हिजो राती भएको गोप्य वार्तामा एमसीसी अगाडि बढाउने सहमति भएको हो ।

    कांग्रेस निकट स्रोतका अनुसार सभापति देउवाले अध्यक्ष प्रचण्डलाई एमसीसी पारित गराउन सहयोग मागेका थिए । प्रचण्डले एमसीसी अगाडि बढाउन आफूले सभामुखलाई अनुरोध गर्ने जवाफ दिएका थिए । तर त्यसको बदलामा ओलीविरुद्ध सत्ता समीकरण बनाउनुपर्ने शर्त प्रचण्डले राखे ।

    केन्द्रीय समितिबाट ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेका देउवाका लागि प्रचण्डको प्रस्ताव नौलो थिएन । देउवाले आफू तयार नै रहेको बताए । तर जसपाका नेताहरु एक ठाउँमा ल्याएर हस्तारक्षर लिएर आउनु प्रचण्डलाई अनुरोध गरे । ‘तपाई जसपाको सबै सांसदको हस्ताक्षर लिएर आउनुस् । म तत्कालै आफ्ना सांसदको हस्ताक्षर गराएर अविश्वासको प्रस्ताव लान्छु,’ देउवाले प्रचण्डलाई भने ।

    देउवाको जवाफपछि प्रचण्डले जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेर हस्ताक्षरका लागि आग्रह गरे । साथै राती नै प्रचण्डले जसपाका वरिष्ठ अध्यक्ष महन्थ ठाकुरलाई पनि टेलिफोन गरेर अनुरोध गरे । तर ठाकुरले वर्षोदेखि अलपत्र मधेस मुद्दा कार्यान्वयनमा अगाडि बढेको भन्दै तत्काल ओलीलाई छोड्न नसकिने जवाफ दिए ।

    यद्यपि देउवा निवासमा केही दिनअघि भएको छलफलमा समय मागेको र जसपा पदाधिकारी बैठक चलिरहेकाले गठबन्धनकै पक्षमा निर्णय आउनेमा प्रचण्ड आशावादी छन् । यसका लागि जसपाभित्र बाबुराम र उपेन्द्र यादवले मेहनत गरिरहेका छन् ।

    त्यसो त देउवाले पनि जसपाका शीर्ष नेतालाई अब एमसीसी अगाडि बढ्ने भन्दै तयार हुन अनुरोध गरेका छन् । एमसीसीमा अब ढिलाई गर्न नहुने पक्षमा देउवा र प्रधानमन्त्री ओली छन् । तर माओवादी केन्द्रले आफ्नो पार्टी निकट सभामुखमार्फत संसदमा अड्काएर राखेको छ । समाभुखले कार्यसूचीमा नराख्दा करिब ४ वर्षदेखि अगाडि बढ्न सकेको छैन ।

    केही दिनअघि मात्रै एमाले सांसद खगराज अधिकारीले तुरुन्त संसदको बिजनेस एमसीसीलाई बनाउन माग गरेका थिए ।

    बैशाख १, २०७८ बुधवार १५:२९:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana