Logo

शुक्रवार, मंसिर १६ गते २०७९

तेस्रो मुलुक जाने भारतीय नागरिकको 'ट्रान्जिट प्वाईन्ट' बन्यो नेपाल, लैनचौरमा घुईचो

तेस्रो मुलुक जाने भारतीय नागरिकको 'ट्रान्जिट प्वाईन्ट' बन्यो नेपाल, लैनचौरमा घुईचो

नेपाल पाना बैशाख २ २०७८
  • 14.8K
    SHARES
  • तेस्रो मुलुक जाने भारतीय नागरिकको 'ट्रान्जिट प्वाईन्ट' बन्यो नेपाल, लैनचौरमा घुईचो

    काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण दिनहुँ बढ्दो छ । दैनिक लाखभन्दा बढी मान्छे संक्रमित भइरहेका छन् । खुला सीमानाका कारण नेपालमा पनि त्यसको प्रभाव परेको छ । नेपालमा पनि दैनिक संख्या बढ्दै गएको छ । लकडाउन हुनसक्ने खतरा बढेको छ ।

    यस्तो बेला भारतीयहरु भने धमाधम नेपाल आइरहेका छन् । भारतमा तेस्रो मुलुक जान हवाई उडान बन्द गरिएका बेला भारतीयहरु नेपाल आइरहेका छन् । नेपालमा तेस्रो मुलुक जान हवाई रुट खुला छ । जसलाई उपयोग गर्न भारतीयहरु नेपाल आउँदा यहाँ पनि संक्रमणको जोखिम बढेको छ ।

    भारतीयहरु विदेश जान आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा धमाधम आउँदा संक्रमणको जोखिम बढेको हो ।

    दूतावासले कोरोना संक्रमण बढेसँगै भारतीय नागरिकलाई एनओसी आवश्यक परे दूतावासको वेबसाइटमा रहेको इमेल ठेगानामा सम्पर्क गर्ने र त्यसपछि क्रमिक रूपमा बोलाउने एडभाइजरी जारी गरेको छ । जसका कारण धमाधम भारतीयहरु काठमाडौं आइरहेका छन् । यसरी हेर्दा नेपालमा कोरोना संक्रमण बढाउन भारतको भूमिका देखिएको छ । भारत सरकारले तुरुन्त एनओसी बन्द गर्नुपर्ने जनस्वास्थ्यविदहरु बताउँछन् ।

    नेपाल सरकारले पनि भारतीय नागरिकमागि कडाईका साथ निगरानी तथा रोक लगाउनुपर्ने अवस्था छ । नत्र भने नेपाल अर्को ईटाली बन्ने अवस्था नआउला भन्न सकिन्न । भारतीय दूतावासका अनुसार दैनिक ४ देखि ५ सयसम्म भारतीय नागरिक लैनचौरमा भेला हुने गरेका छन् । एनओसीका लागि ।

    संक्रमण बढ्यो भनेर भारतले भिसामा रोक लगाउने र आफ्नै देशमा बन्द गरेको भारतले भिसाका लागि नेपालस्थित दूतावास बोलाउने कदम आफैमा अस्वभाविक छ । आफ्नो देशमा संक्रमण रोक्न कदम चाल्ने भारतले अरुको देशमा पनि भिसा खोलेर बोलाएर संक्रमण फैलाउन खोजेको जनस्वास्थ्य विद्को आक्रोश छ । खुला सीमाना भएका कारण पनि उनीहरू सहजै नेपाल आएको र यसले कालन्तरमा नेपालमा ठूलो संकट निम्त्याउने उनीहरुको चिन्ता छ ।

    सुरक्षाविद्ले पनि कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपालले आफ्नो खुला नाकामा हुने आवतजावतमा नियन्त्रण गर्नुपर्ने बताएका छन् । स्वास्थ्य सुरक्षा जाँचमा कडाई गर्नुपर्ने र भारतीय नागरिकको आगमन पनि नियन्त्रण गर्नुपर्ने उनीहरुको सुझाव छ ।

    बैशाख २, २०७८ बिहिवार १०:४४:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारतीय दुतावास

  • नेपाल पाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend