Logo

आइतवार, जेठ २ गते २०७८

प्रधानमन्त्रीकै गृहजिल्लामा पुगेर नेता नेपालले गरे घिन लाग्दो हर्कत, परिणाम निकै महँगो पर्ने संकेत !

प्रधानमन्त्रीकै गृहजिल्लामा पुगेर नेता नेपालले गरे घिन लाग्दो हर्कत, परिणाम निकै महँगो पर्ने संकेत !

नेपालपाना बैशाख ३ २०७८
  • 4.2K
    SHARES
  • प्रधानमन्त्रीकै गृहजिल्लामा पुगेर नेता नेपालले गरे घिन लाग्दो हर्कत, परिणाम निकै महँगो पर्ने संकेत !

    काठमाडौं। नेपाल कम्यूनिस्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुटको खेती गरी भ्रम सिर्जना गरेको आरोप लगाएका छन् । 

    उनले अब पार्टीमा नयाँ पुस्तालाई आकर्षित गर्न सत्यतथ्य र विधिमा आधारित राजनीतिक प्रशिक्षण दिन जरुरी भएको धारणा व्यक्त गरे । 

    बिर्तामोडमा आज जिल्ला कमिटी गठन गर्न आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अध्यक्ष ओलीले निष्काशन गरेका र नसमेटेकालाई बटुलेर आफूले ७५ वटै जिल्लामा कमिटी बनाउन बाध्य भएको जिकिर गरे । 

    माधव नेपाल समूहले प्रधानमन्त्री ओलीको गृहजिल्लामौ कार्यकर्ता भेला गरेर वेदराज रेग्मीको अध्यक्षतामा ३५१ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, सचिवमा निलमणि बराल, सहसचिवमा मणि भण्डारीलाई चयन गरिएको छ । 

    प्रधानमन्त्री ओलीकै जिल्लामा पुगेर गठन गरेको समानान्तर कमिटी नेता नेपाललाई भने महँगो पर्ने सक्ने देखिन्छ ।

    बैशाख ३, २०७८ शुक्रवार २०:५६:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana