Logo

आइतवार, जेठ २ गते २०७८

जर्मन चान्सलर एन्जेला मर्केलले लगाइन् अस्ट्राजेनिकाकाे कोभिड खोप

जर्मन चान्सलर एन्जेला मर्केलले लगाइन् अस्ट्राजेनिकाकाे कोभिड खोप

नेपालपाना बैशाख ३ २०७८
  • 2.1K
    SHARES
  • जर्मन चान्सलर एन्जेला मर्केलले लगाइन् अस्ट्राजेनिकाकाे कोभिड खोप

    एजेन्सी। जर्मनीकी चान्सलर एन्जेला मर्केललाई शुक्रबार कोरोनाभाइरसविरुद्धको खोप लगाइएको छ । पहिलो चरणको खोप स्वरुप उनलाई अस्ट्राजेनिका खोप लगाइएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

    जर्मनीका स्वास्थ्य अधिकारीहरूले दुई हप्ता अगाडि ६० बर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले अस्ट्राजेनिका खोप लगाउन मिल्ने सिफारिस गरेका थिए । 

    उनीहरूको सिफारिस अनुसार नै आफ्नो सुरक्षा र आम नागरिकलाई खोपप्रति आकर्षण गर्न उनले शुक्रबार खोप लगाएको अधिकारीहरूले जानकारी दिएका छन् ।

    “मैले आज कोरोनाभाइरसविरुद्धको पहिलो चरणको अस्ट्राजेनिका खोप लगाएको छु,” सामाजिक सञ्जाल ट्वीटरमा उनले शुक्रबार लेखेकी छन् । 

    चान्सलर मर्केलले हरेक व्यक्तिले यो खोप लगाउनु पर्नेमा पनि जोड दिए । त्यसका लागि सरकारले खोप अभियान चलाएको उनको भनाइ छ ।

    बैशाख ३, २०७८ शुक्रवार २१:१५:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana