Logo

आइतवार, जेठ २ गते २०७८

चीन पाकिस्तान आर्थिक कोरिडोर परियोजनाको प्रवेशद्धार क्षेत्र सरकारद्धारा उपेक्षित

चीन पाकिस्तान आर्थिक कोरिडोर परियोजनाको प्रवेशद्धार क्षेत्र सरकारद्धारा उपेक्षित

Nepal Pana बैशाख ४ २०७८
  • 1.9K
    SHARES
  • चीन पाकिस्तान आर्थिक कोरिडोर परियोजनाको प्रवेशद्धार क्षेत्र सरकारद्धारा उपेक्षित

    इस्लामाबाद । चीन पाकिस्तान आर्थिक कोरिडोर (सिपीईसि) को प्रवेशद्धार गिल्गित बाल्तिस्तानलाई प्रधानमन्त्री ईमरान खानको सरकारले उपेक्षा गरेको बिश्लेषण गरिएको छ ।

    चीन पाकिस्तान आर्थिक कोरिडोर (सिपीईसि) परियोजना प्रति प्रधानमन्त्री इमरान खान उत्साहित भएपनि उक्त परियोजनाको प्रवेशद्धार गिल्गित बाल्तिस्तानलाई भने उपेक्षा गरेको माइकल रुबिनले अमेरिकी म्यागेजिन द नेसनल इन्ट्रेस्टमा लेख प्रकाशित गरेका छन्।

    सिपीईसि परियोजनाको प्रवेशद्धार मानिएको गिल्गित बाल्तिस्तानलाई सरकारले उपेक्षा गरी अन्य क्षेत्रहरुमा विभिन्न परियोजना तथा बजेट बिनियोजन गरेको लेखमा उल्लेख छ ।

    ठुलो महत्वकांक्षा सहित प्रारम्भ गरिएको सिपीईसि परियोजना असफल भएको र पाकिस्तान थप  चिनियाँ ऋणमा फसिरहेको रुबिनले बिश्लेषण गरेका छन् । यहि परियोजनाको चक्करमा पाकिस्तानले सार्वभौमिकता चीन र अन्य अन्तराष्ट्रिय वित्तिय संस्थानहरुलाई सुम्पिनु परेको पनि रुबिनले बिश्लेषण गरेका छन् । सिपीईसी परियोजना अन्तर्गत गिल्गित बाल्तिस्तानमा शिक्षा, रोजगारीको अवसरहरु उपलब्ध गर्ने सरकारको बाचा कार्यन्वयन नभएको टिप्पणी गरिएको छ ।

    गिल्गित बाल्तिस्तानलाई उपेक्षा गर्दै सरकार तथा प्रमुख राजनीतिक दलहरुले सिपीईसी अन्तर्गतका परियोजना तथा बजेटहरु पञ्जाब, सिन्ध जस्ता आफ्नो समर्थन क्षेत्रहरुमा उपलब्ध गरेका छन् । पाकिस्तानको काश्मीर क्षेत्रमा पर्ने गिल्गित बाल्तिस्तान देशको मुल प्रवाहमा नसमेटीएको टिप्पणी हुने गरेको छ । स्रोत बिजनेस स्टाण्डर्ड

    बैशाख ४, २०७८ शनिवार ०७:५३:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana