Logo

आइतवार, जेठ २ गते २०७८

प्रधानमन्त्रीविरुद्ध एकै ठाउँमा प्रचण्ड र माधव नेपाल

प्रधानमन्त्रीविरुद्ध एकै ठाउँमा प्रचण्ड र माधव नेपाल

Nepal Pana बैशाख ४ २०७८
  • 2.5K
    SHARES
  • प्रधानमन्त्रीविरुद्ध एकै ठाउँमा प्रचण्ड र माधव नेपाल

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहभागी नहुने भएका छन् ।

    कोभिड-१९ को संक्रमण र प्रतिनिधि सभाको चालु अधिवेशनका बारेमा छलफल गर्न बोलाएको बैठकमा प्रचण्ड र नेपाल सहभागी नहुने भएका हुन् ।

    शनिवार बिहान ११ बजेका लागि बैठकमा विभिन्न दलका नेता तथा पूर्व प्रधानमन्त्रीलाई बोलाइएको छ ।

    नेकपा हुँदा पनि एक भएका प्रचण्ड र माधव दल अलग भइसकेपछि पनि मिलेर ओलीविरुद्ध मोर्चाबन्दीमा छन् ।

    बैशाख ४, २०७८ शनिवार ११:३५:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड-माधव

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana