वासिंटन डी.सी.। अमेरिकी संघिय अनुसन्धान ब्यूरो (एफबीआई) का निर्देशक क्रिस्टोफर रे ले अमेरिकामा प्रत्यक १० घण्टामा चीनसंग जोडीएका अनुसन्धानहरु भइरहेको बताएका छन्।
निर्देशक रे ले अमेरिकाको फ्लोरिडाका रिपब्लिकन सेनेटर मार्को रुबियोले अमेरिकाभित्र चिनियाँ र रुसी प्रभाव प्रयासको बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै हरेक १० घण्टामा चिनियाँ सरकारले अमेरिकामा गरिरहेको कार्य रोकन एफबीआई अनुसन्धान गरिरहेको बताएका हुन।
अमेरिकी सेनेटको गुप्तचर समितिका सदस्यहरूलाई एफबीआईले अमेरिकामा चीनसंग जोडीएका २,००० भन्दा बढी अनुसन्धानहरू गरिरहेको जानकारी गराएका हुन।
उनले अमेरिकी नवीनता, प्रबिधि, अर्थिक सुरक्षा, सामरिक चासो र प्रजातान्त्रिक विचारहरूको लागि चीनभन्दा ठूलो गम्भीर खतरा कुनैपनि देश नरहेको बताए। स्रोतः हिन्दुस्तार टाईम्स