Logo

सोमवार, कार्तिक १ गते २०७८

images

२४ घण्टामा ८ काेराेना संक्रमितको मृत्यु 

२४ घण्टामा ८ काेराेना संक्रमितको मृत्यु 

नेपालपाना बैशाख ६ २०७८
  • 5.1K
    SHARES
  • २४ घण्टामा ८ काेराेना संक्रमितको मृत्यु 

    काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ५ सय ४८ नमुना परीक्षण गर्दा एक हजार २ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    यस अवधिमा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पिसिआर परीक्षणमा सात सय १ र एन्टिजेन परीक्षणद्वारा पाँच सय ४७ जनामा कोरोना पुष्टि भएको हो ।

    यस अवधिमा २ सय ५५ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल कोरोना सक्रिय संक्रमितको संख्या सात हजार २ सय ५४ जना रहेको छ ।

    हालसम्म नेपालमा २ लाख ८५ हजार ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै २ लाख ७५ हजार ५ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट तीन हजार ९१ जनाको मृत्यु भएको छ ।  

    बैशाख ६, २०७८ सोमवार १७:१८:१८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana