Logo

सोमवार, कार्तिक १ गते २०७८

images

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहलाई कोरोना सङ्क्रमण !

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहलाई कोरोना सङ्क्रमण !

नेपालपाना बैशाख ६ २०७८
  • 6.2K
    SHARES
  • भारतका पूर्व प्रधानमन्त्री  डा. मनमोहन सिंहलाई कोरोना सङ्क्रमण !

    काठमाडाैं । भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।   प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका बरिष्ठ नेता समेत रहेका सिंहलाई ‘अल इन्डीया इन्स्टीच्युड अफ मेडिकल साइन्सेस’ (एआइआइएमएस) मा भर्ना गरिएको छ ।

    उनलाई शङ्का लागेर कोरोना परीक्षण गरिएकोमा सोमबार सङ्क्रमण भएको पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन् । 
    “पूर्व प्रधानमन्त्री डा मनमोहन सिंहलाई कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ, त्यसैले उनलाई थप उपचारका लागि ‘एम्सको ट्रमा सेन्टर’मा भर्ना गरिएको छ,” एम्सद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।  

    उनको अवस्था सामान्य नै रहेको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसबाट धेरै प्रभावितहरुको मुलुकको सूचीमा भारत दोस्रो अग्रपङ्क्तिमा रहेको छ । भारतमा अहिले दैनिक झण्डै पौने तीन मानिस सङ्क्रमित हुने गरेका छन् । 

    भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट दुई लाख ७३ हजार ८१० सङ्क्रमित भएका छन् ।

    त्यसैगरी सोही अवधिमा भारतमा एक हजार ६१९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएकोे छ  । पछिल्लो विवरणसँगै भारतमा कोरोनाभाइरसबाट कुल मृतकको सङ्ख्या एक लाख ७८ हजार ७६९ पुगेको छ । 

    भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने १९ लाख २९ हजार पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
     
    पछिल्लो २४ घण्टामा एक लाख २८ हजार १३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या एक करोड २९ लाख ५३ हजार ८२१ पुगेको छ ।

    बैशाख ६, २०७८ सोमवार २१:१८:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana