Logo

आइतवार, मंसिर १२ गते २०७८

images

हिन्दू राष्ट्र कायम गर्ने घोषणा !

हिन्दू राष्ट्र कायम गर्ने घोषणा !

नेपालपाना बैशाख ८ २०७८
  • 6.8K
    SHARES
  • हिन्दू राष्ट्र कायम गर्ने घोषणा !

    काठमाडौं। विश्व हिन्दू महासङ्घका दुई समितिबीच रामनवमीको अवसर पारेर आज राजधानीमा एकता भएको छ । दुई समितिबीच एकताका लागि आइतबार सहमति भएको थियो । 

    सबै हिन्दू धर्मावलम्बीलाई एकताको सूत्रमा आबद्ध गर्न महासङ्घ अन्तर्राष्ट्रिय समितिअन्तर्गतको राष्ट्रिय समिति बाँसबारी र राष्ट्रिय समिति दर्ता नं ३३८ कलङ्कीका बीच आइतबार सहमति भएको थियो । एकता गर्ने सहमतिलाई महासङ्घ अन्तर्राष्ट्रिय समितिले पनि वैशाख ५ गते अनुमोदन गरेको थियो । 

    संसारभरका हिन्दू ओमकार परिवारको छाता संस्थाका रुपमा विसं २०३७ मा महासङ्घ अन्तर्राष्ट्रिय समिति स्थापना भएको थियो । तत्कालीन राजा वीरेन्द्र र राष्ट्रगुरु योगी नरहरिनाथको सङ्कल्पले महासङ्घ अन्तर्राष्ट्रिय समिति स्थापना भएको हो । 

    जसको संस्थापक सभापति पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल थिए । समितिलाई संयुक्त राष्ट्र« सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले पनि मान्यता दिएको राष्ट्रिय समितिका महासचिव अरुणकुमार पाण्डेले सुनाए। अन्तर्राष्ट्रिय समितिअन्तर्गत ३७ देशमा राष्ट्रिय समिति छन् । भारत, अमेरिका, बेलायत, पाकिस्तान, बङ्गलादेशलगायत हिन्दू भएका देशमा राष्ट्रिय समिति क्रियाशील छन् ।

    महासङ्घ अन्तर्राष्ट्रिय समितिअन्तर्गत विसं २०४५ मा राष्ट्रिय समिति स्थापना भएको हो । जसको संस्थापक सभापति पूर्वमन्त्री अच्युतराज रेग्मी हुनुभएको महासङ्घले जनाएको छ । विसं २०६० मा अन्तर्राष्ट्रिय समितिका सभापति भरतकेशर सिंह र राष्ट्रिय समितिका सभापति पण्डित नारायणप्रसाद पोखरेलबीचको विवादले महासङ्घ दुई टुक्रा बनेको थियो । 

    अन्तर्राष्ट्रिय समितिका सभापति सिंहले राष्ट्रिय समितिका सभापति पोखरेललाई कारवाही गरेपछि ३३८ दर्ता नं मा अर्को राष्ट्रिय समिति दर्ता भएको थियो । जसको कार्यालय कलङ्कीमा स्थापना गरिएको थियो ।

    विसं २०६० मा महासङ्घ फुटेसँगै विसं २०६३ मा नेपाल धर्म निरपेक्ष घोषणा भएको निष्कर्ष निकाल्दै एकजुट भएको महासचिव पाण्डेले सुनाउनुभयो । महासङ्घको मुख्य उद्देश्य नेपाललाई सनातन हिन्दू राष्ट्रका रुपमा स्थापित गर्ने रहेको छ । धर्म निरपेक्षतापछि प्रभावमा पारेर धर्म परिवर्तन गराउने क्रमसमेत बढेकामा दुवै समितिले आपत्ति जनाउँदै आएका थिए ।

     सनातन धर्ममाथिको आक्रमण रोक्न सबै हिन्दू संस्थाबीच एकता गर्ने अभियान अन्तर्गत पहिलो चरणमा १८ वर्षअघि दुई भएका हिन्दू संस्थाबीच एकता गरिएको समितिका अर्का महासचिव गणेशप्रसाद न्यौपानेले बताए । जसका लागि दुवै समितिबीच एकता गर्न १८ बुँदे सहमति भएको छ ।

    बैशाख ८, २०७८ बुधवार २०:१९:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हिन्दु

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana