Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

कोरोनाका मापदण्ड उल्लङ्घन गरेमा अब कडा कारबाही !

कोरोनाका मापदण्ड उल्लङ्घन गरेमा अब कडा कारबाही !

नेपालपाना बैशाख ८ २०७८
  • 5.3K
    SHARES
  • कोरोनाका मापदण्ड उल्लङ्घन गरेमा अब कडा कारबाही !

    काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न जारी गरेको आदेश पालना गर्न अपिल गरेको छ । 

    मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दैनिक सङ्क्रमण बढिरहेकाले आदेश पालना गर्न आग्रह गरेका छन्। उनले आदेश उल्लङ्घन गर्नेलाई कारवाही गर्नेसमेत बताएका छन् ।

    यही वैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस रोकथामा र नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको थियो ।

    “आदेशको उल्लङ्घन हुने गरी कुनै पनि शैक्षिक संस्था, सार्वजनिक निकाय, निजी निकायले सञ्चालन गर्ने गराउने धार्मिक, सांस्कृतिक कार्य गर्न गराउनेउपर अनुगमन बढाउन र नियमानुसार कारवाही गर्न गराउन सबैमा अपिल छ”, उहाँले जारी गरिएको अपिलमा उल्लेख छ ।

    आदेशको उल्लङ्घन हुने गरी भएका गतिविधिका कारण सङ्क्रमण हुन गएमा सङ्क्रमितको परीक्षण, उपचार सम्बन्धित संस्था वा व्यक्तिले स्वयं आफँैले आफ्नो खर्च गर्नुपर्ने अपिलमा उल्लेख गरिएको छ । 

    सहप्रवक्ता डा अधिकारीले सरकारले जारी गरेको आदेशको उल्लङ्घन  गरी सार्वजनिक निकाय तथा निजी संस्थास्थलमा सङ्क्रमण फैलिने खालका गतिविधि भइरहँदा अवस्था अझ खराब हुँदै जाने देखिने बताए । आज २ हजार ३५१ मा सङ्क्रमण देखिएको थियो । 

    बैशाख ८, २०७८ बुधवार २१:०२:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana