काठमाडौं । पाकिस्तानका लागि चिनियाँ राजदूत नोङ रोङको हत्या प्रयास भएको छ । राजदुत नोङ रोङ बसेको हुन सक्ने आशंकामा क्वाटा शहरको एक आरामदायी होटलमा विस्फोट गराइएको छ । बिस्फोट हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
उनको हत्या गर्न क्वेटा शहरस्थित मशहुर सेरेना होटेलमा बलूच पृथकतावादी सशस्त्र समूहले बम विस्फोट गएको हो। घटनाको जिम्मेवारी भने पाकिस्तानी तालिवानले लिएको छ।
विस्फोटका बेला क्वेटा शहरमै भएपनि चिनियाँ राजदूत सो होटलमा पुगेका थिएनन्। सेरेना होटल क्वेटा शहरकै सुविधासम्पन्न मानिन्छ। त्यहाँ सरकारी अधिकारीहरू र सार्वजनिक छवी भएका व्यक्तिहरू पुग्ने गर्छन्। पाकिस्तानका गृहमन्त्री शेख राशिद अहमदले कारमा विस्फोटक भरेर होटलमा विस्फोट गराएको पाइएको जानकारी दिएका छन्।
हमला भएका बेला भने चीनका राजदूत क्वेटाकै अर्को स्थानमा आयोजित समारोहमा थिए। चीनले उक्त क्षेत्रमा निकै ठूला विकास परियोजना सञ्चालन गरेको छ भने बलूच विद्रोहीले चिनियाँ परियोजनाको विरोध गर्दै आएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।