Logo

आइतवार, मंसिर १२ गते २०७८

images

धौलागिरीमा १५ वर्षपहिले दुर्घटना भएको हेलिकप्टर फेला पर्याे

धौलागिरीमा १५ वर्षपहिले दुर्घटना भएको हेलिकप्टर फेला पर्याे

नेपालपाना बैशाख १७ २०७८
  • 7.4K
    SHARES
  • धौलागिरीमा १५ वर्षपहिले दुर्घटना भएको हेलिकप्टर फेला पर्याे

    काठमाडौं। धौलागिरी हिमालमा १५ वर्ष पहिले दुर्घटनामा परेको हेलिकप्टर र दुई वटा शव फेला परेको छ ।  ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर संकलनका क्रममा नेपाली सेनाले यो अवशेष फेला पारेको हो ।

    नेपाली सेनाले धौलागिरी बेस क्याम्पदेखि २ हजार मिटर दक्षिणतर्फ माउण्टेन उपकरणसहितका २ वटा मानव अवशेष र सोही बेस क्याम्पबाट करिव १ किलोमिटर इटाली बेस क्याम्पतर्फ ९एन–एसीआर लेखेको हेलिकप्टरको अवशेष फेला पारेको हो ।

    सन् २००६ मा दुर्घटनामा परेको एयर डाइनेष्टिको हेलिकप्टर भएको खुलेको छ, तर, मृतकको पहिचान खुलेको छैन।मानव अवशेषहरु व्यवस्थापनका लागि सम्बन्धित निकायहरुसँग समन्वय थालिएको सेनाले जनाएको छ। 

    नेपाली सेनाले सगरमाथासहित ६ वटा हिमालको सरसफाईका क्रममा वैशाख १२ गतेदेखि १६ गतेसम्ममा कुहिने १५५ केजी र नकुहिने ४ हजार ६९९ केजी फोहोर संकलन गरेको छ।

    बैशाख १७, २०७८ शुक्रवार १८:५८:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हिमाल
  • # जहाज
  • # नेपाली सेना

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana