Logo

आइतवार, जेठ २ गते २०७८

अमेरिकाले नेपाललाई दिने भयो १ अर्ब ३० लाख रुपैयाँ

अमेरिकाले नेपाललाई दिने भयो १ अर्ब ३० लाख रुपैयाँ

नेपालपाना बैशाख १८ २०७८
  • 1.9K
    SHARES
  • अमेरिकाले नेपाललाई दिने भयो १ अर्ब ३० लाख रुपैयाँ

    काठमाडौं। अमेरिकाले नेपाललाई रु एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ । 

    नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताएका हुन् ।

    आज अपराह्न ट्विट गर्दै उनले अमेरिकाको पुरानो मित्र नेपाललाई महामारीविरुद्धको लडाइँमा भरथेग गर्न अन्तरराष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) मार्फत उक्त रकम उपलब्ध गराइने बताएका छन्। 

    “कोभिड–१९ विरुद्ध ठूलो सङ्घर्ष गरेको आफ्नो मुलुक नेपालप्रति ऐक्यबद्धता प्रकट गर्दछ, निर्दयी कोरोनालाई परास्त गर्न नेपाल सफल हुनेछ”, उनको ट्विटमा भनिएको छ । 

    बैशाख १८, २०७८ शनिवार २०:४३:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अर्थ

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana