Logo

आइतवार, जेठ २ गते २०७८

शंकर पोखरेललाई रोक्न लुम्बिनी आफ्नो सांसद अपहरण गरेपछि ओलीले यसरी लिँदैछन् बदला, नारायणकाजीको सांसद पद जाने

शंकर पोखरेललाई रोक्न लुम्बिनी आफ्नो सांसद अपहरण गरेपछि ओलीले यसरी लिँदैछन् बदला, नारायणकाजीको सांसद पद जाने

नेपालपाना बैशाख १९ २०७८
  • 227.7K
    SHARES
  • शंकर पोखरेललाई रोक्न लुम्बिनी आफ्नो सांसद अपहरण गरेपछि ओलीले यसरी लिँदैछन् बदला, नारायणकाजीको सांसद पद जाने

    काठमाडौं । लुम्बिनी प्रदेशसभा नेकपा एमालेकी सांसद विमला वलीको अपहरण भएपछि पार्टीले माओवादी केन्द्रसँग बदला लिने भएको छ । 

    लुम्बिनीमा माओवादीको नेतृत्वमा अविश्वास प्रस्ताव आएकोमा असफल भएपछि मुख्यमन्त्री शंकर पोखरेललाई बहुमत पुग्न नदिन लागिपरेको माओवादीले सांसद नै अपहरण गरेपछि त्यसको बदला केन्द्रबाट लिने तयारी एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको बालुवाटार स्रोतले जनाएको छ । 

    स्रोतका अनुसार प्रधानमन्त्री ओलीले तत्कालीन नेकपाबाट राष्ट्रिय सभामा चुनिएका नारायणकाजी श्रेष्ठ, राष्ट्रपतिबाट मनोनित रामनारायण विडारीलाई पदमुक्त गर्ने तयारी गरेका छन् । यसबारे राष्ट्रपतिसँग आवश्यक परामर्श लिएका छन् । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग पनि परामर्श गरिरहेका छन् । 

    नारायणकाजी श्रेष्ठले सूर्य चिन्ह र केपी ओलीको एकल हस्ताक्षर भएको टिकटबाट चुनाव जितेको बताइन्छ । जसका कारण ओलीलाई कारवाही गर्न सहज छ । 

    लुम्बिनीका सभामुखले जसपाका ४ सांसदलाई उपेन्द्र र बाबुरामको एकपक्षीय कार्यकारिणी समितको पत्रले पदमुक्त गरेका छन् । त्यसैअनुसार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रियसभाले सूचना निकालेर नारायणकाजीलाई पदमुक्त गर्नुपर्ने प्रश्न पनि आज विहानको स्थायी कमिटी बैठकमा उठेको थियो । यसबारेमा छलफल चलिरहेको र चाँडै निर्णय लिइने एमालेका एक उच्च नेताले जानकारी दिए ।

    बैशाख १९, २०७८ आइतवार १५:०७:२० बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana