Logo

आइतवार, जेठ २ गते २०७८

कांग्रेस सभापति देउवाद्वारा दु:ख व्यक्त !

कांग्रेस सभापति देउवाद्वारा दु:ख व्यक्त !

नेपालपाना बैशाख १९ २०७८
  • 1.8K
    SHARES
  • कांग्रेस सभापति देउवाद्वारा दु:ख व्यक्त !

    काठमाडौं। नेपाली काँग्रेसका नेता शिवबहादुर खड्काको वैशाख १९ गते (आज)  भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा निधन भएको छ ।

    नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका पूर्व सभापति एवं जिल्ला विकास समितिका पूर्व सभापति समेत भएका स्वर्गीय खड्काको निधनप्रति काँग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

    बि.स. १९९७ सालमा जन्मिएका स्वर्गीय खड्काले काँग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    नेपाली काँग्रेसका नेता एवं मेरा मित्र शिवबहादुर खड्काको निधनको खबरले मलाई अत्यन्त दुःखीत र मर्माहत बनाएको देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    बैशाख १९, २०७८ आइतवार १८:०८:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana