Logo

आइतवार, जेठ २ गते २०७८

बालुवाटारबाट प्रधानमन्त्रीको बोल्ड डिसिजन, कसैले नसोचेको निर्णय आउँदा प्रचण्डको होस उड्यो

बालुवाटारबाट प्रधानमन्त्रीको बोल्ड डिसिजन, कसैले नसोचेको निर्णय आउँदा प्रचण्डको होस उड्यो

नेपालपाना बैशाख १९ २०७८
  • 22.0K
    SHARES
  • बालुवाटारबाट प्रधानमन्त्रीको बोल्ड डिसिजन, कसैले नसोचेको निर्णय आउँदा प्रचण्डको होस उड्यो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई आश्चर्यमा पार्दै विश्वासको लिने निर्णय गरेका छन् । 

    बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले यहीँ वैक्काख २७ गते संसदबाट विश्वासको मत लिने निर्णय सुनाएका हुन् । 

    हाल माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिन मानिरहेको छैन । ओलीले फेरि संसद विघटन गर्ने डर माओवादीलाई छ । ओलीले समर्थन फिर्ता लिन माओवादीलाई पटक पटक चुनौती दिँदै आएका छन् । तर माओवादीले समर्थन यथावत राखेपछि चैत २३ गतेभित्र ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रधानमन्त्री ओलीले दुई महिनापछि विश्वासको मत लिन लागेका हुन् ।

    समर्थन प्राप्त नभएमा प्रधानमन्त्री ओली कामचलाउन हुनेछन् । नयाँ प्रधानमन्त्री नियुक्त हुनले विश्वा सको मत लिनुपर्छ । तर विश्वासको मत प्राप्त गर्न नसकेमा फेरि ओलीले विघटन गरेर चुनावमा जाने बाटो खुल्नेछ । यसले घाटा माओवादीलाई नै हुनेछ । किनकी फेरि विघटन माओवादी चाहँदैन ।

    विश्वासको मत पाएभने आगामी चुनाव ओलीले नै गराउने छन् । यसर्थमा ओलीले विश्वासको मत पाए पनि नपाए पनि चुनाव गराउने निश्चित जस्तै देखिएको छ । 

    विश्वासको मत लिने तयारीका लागि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग निरन्तर परामर्शमा छन् । शीतल निवासमा पटक पटक भेटिरहेका छन् ।

    बैशाख १९, २०७८ आइतवार १८:३१:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana