Logo

आइतवार, जेठ २ गते २०७८

श्रीमतीलाई मन्त्री बनाउन प्रचण्डको चाप्लुसी गर्ने र महन्थविरुद्ध तथानाम बोल्ने 'भगौडा' नेतालाई जसपा नेता झाको काउन्टर

श्रीमतीलाई मन्त्री बनाउन प्रचण्डको चाप्लुसी गर्ने र महन्थविरुद्ध तथानाम बोल्ने 'भगौडा' नेतालाई जसपा नेता झाको काउन्टर

Nepal Pana बैशाख २० २०७८
  • 18.6K
    SHARES
  • श्रीमतीलाई मन्त्री बनाउन प्रचण्डको चाप्लुसी गर्ने र महन्थविरुद्ध तथानाम बोल्ने 'भगौडा' नेतालाई जसपा नेता झाको काउन्टर

    काठमाडौं । अहिलेको सत्ता समीकरणमा जसपा निर्णायक छ । तर दुई धुव्रमा बिभाजित छ ।

    एकातिर महन्थ ठाकुर मधेसका मुद्दा सम्बोधनका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँग सघन सम्वादमा छन् भने अर्कोतिर उपेन्द्र यादव र बाबुराम भट्टराई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन प्रयत्नशील छन् ।

    ओलीलाई जसरी पनि सत्ताबाट हटाउने र नयाँ गठबन्धन सरकार बनाएर त्यसमा सहभागी हुने उपेन्द्र-बाबुराम दाउ छ । यसरी जसपा दुई धारमा अगाडि बढिरहेका दुबै धारका नेता कार्यकर्ताबिच त्यति तिक्तता छैन ।

    तर माओवादी केन्द्र एक जना नेता भने अर्को पार्टीको जसपाको आन्तरिक मामिलामा जबरजस्त घुसेर मनको भडास पोखिरहेका छन् । ति हुन रामकुमार शर्मा ।

    उनलाई तराई मधेसमा 'भगौडा' नेताका रुपमा चिनिन्छ । आफ्नो स्वार्थका लागि जुन पार्टीमा पनि गइदिने, जसको पनि खुट्टा ढोगिदिने, चाप्लुसी गर्ने उनको बच्चैदेखिको बानीसँग सायदै कोही परिचित नहोला । आफ्नो यस्तो गैर राजनीतिक चरित्र भएका उनै शर्मा आजकल जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुरलाई पाठ सिकाउँदै हिँडेका छन् ।

    महन्थ ओलीतिर लागे भनेर शर्मालाई खपिनसक्नु भएको छ । त्यसमाथि प्रचण्डलाई रिझाउन उनी महन्थमाथि तथानाम गालीगलौजमा उत्रिएका छन् । सामाजिक सञ्जालमा उनका शब्दको स्तरले आफै पनि उनको औकात बताउँछ । 

    उनी निकटस्थ नेता कार्यकर्ताका अनुसार शर्मा आफ्नी श्रीमती इन्दु शर्मा जो माओवादीकी प्रतिनिधिसभा सदस्य हुन्, उनलाई नयाँ सरकारमा मन्त्री बनाउन लागिपरेका छन् । यसका लागि महन्थको आलोचना गरेर शर्माले प्रचण्डलाई रिझाइरहेका छन् ।

    प्रचण्ड पनि महन्थको बदनाम होस्, उनी जसपामा कमजोर भएर उपेन्द्र बलियो भएमा नयाँ सरकार बनाउन सकिन्छ भन्नेमा छन् ।

    यस्तोमा नयाँ सरकार बनिहाल्यो भने संघ सरकारमा आफ्नी श्रीमती मन्त्री बनाउने योजना मुताबिक योजनाबद्ध रुपमा शर्मा महन्थका पछि लागेका छन् । श्रीमतीलाई मन्त्री बनाउन प्रचण्डको चाप्लुसी गर्दै दैनिक महन्थ ठाकुरको हुँदै नभएको कुरा गरेर खोइरो खन्न परिचालित भएका छन् । कुनै समय शर्मा महन्थकै कार्यकर्ता थिए । 

    जसपा युवा नेताको काउन्टर 

    आफ्नो विगत भुलेर, ‍औकात भुलेर शर्माले श्रीमती मन्त्री बनाउन आफ्नै पूर्व नेताको बारेमा जथाभावी लेखेपछि जसपाका एक युवा नेताले कडा काउन्टर दिएका छन् । शर्मासँगै संगत गरेका महन्थ ठाकुर निकट नेता अजय झाले शर्माको औकात सम्झाएका छन् । साथसाथै आफ्नो हैसियत नबिर्सिन चेतावनी पनि दिएका छन् ।  

    झाका अनुसार शर्मा मन्त्री नबनाएको भनेर महन्थ ठाकुर नेतृत्वको तत्कालीन तमलोपा छोडेर माओवादीमा प्रवेश गरेका थिए । मन्त्री भए । फाइदा लिए । त्यहाँबाट बाबुरामको पछि लागेर नयाँ शक्तिमा गए । नयाँ शक्तिबाट प्रचण्डको खोइरो खने । अन्तिम आत्मालोचना गरेर फेरि माओवादीमै फर्किए । जाबो एउटा मन्त्रीका लागि पार्टी नै छोड्ने र श्रीमतीलाई मन्त्री बनाउन चाटुकार बन्ने शर्माले जिन्दगीभर मधेस मुद्दाका लागि लड्ने सादगी नेता महन्थ ठाकुरलाई नैतिकता सिकाउनु, तथानाम गाली गर्नु आफैमा हाँस्यास्पद छ । यहीँबाट उनको असली चरित्र छर्लङ्ग हुन्छ । त्यसैले त जसपाका नेता झा शर्मालाई उनको औकात सम्झाउन मैदानमा उत्रिएका छन् । 

    अजयले झाले भनेका छन्, 'प्रिय रामकुमार शर्मा दाजु, तमलोपा मा हुँदा तपाईले हामीलाई मधेशवाद सिकाउनु हुन्थ्यो, आन्दोलनलाई शसक्त बनाउन कार्यकर्तालाई परीक्षण दिनु हुन्थ्यो ।

    जलेश्वरमा आन्दोलन हुदा म स्वंम पनि तपाईसंग घाइते भएकै छु । तपाईसंग धेरै आश थियो । तपाई जस्तो युवा लाई मन्त्री बनाउनु पर्छ भनेर पहल गरेकै हो तर पार्टीले मन्त्री नबनाउदा छोडेर जानुभयो ।

    हामीलाई छोडेर नजानुस भनेर बारम्बार बागमती पुलक नजिकको डेरामा तपाईसंग रोकै हो तर तपाईसंग काम गरेका महोत्तरी जिल्लाका कार्यकर्ताहरुलाई लत्याउदै जानुभयो । एउटा जाबो मन्त्रीको लागि सबको साथ छोड्नु भयो । तपाई छोडे पनि मा. महन्थ ठाकुर जस्तो भवनामा बग्ने नेता जसलाई तपाईले गाली गर्दै हुनुहुन्छ ।

    उहाँले तपाईलाई कार्वाही गरेन र माननीय भई तलव भत्ता तमलोपाको नाम बाट बुझिराख्नु भयो । के तपाईको नैतिकता माथि प्रश्न उठ्दैन ? केहि दिन प्रचण्डसंग काम गर्नु भयो अनि स्वार्थ शिद्ध नभएर प्रचण्ड लाई गालि गर्दै तामझामका साथ नयाँ शक्त बनाउनु भयो । नयाँ शक्तिको पार्टी बनाउनको लागि अहोरात खट्नुभयो ।

    नयाँ शक्ति बनाउन उचालेर डा .बाबुराम भट्टराईलाई बर्वाद गर्दै, पार्टी नबन्ने छाँटखाँट पाएपछि डा.भट्टराईलाई सडकमा छोड्दै फेरि आत्मलोचना गर्दै प्रचण्डको शरणमा जानुभयो । मा. महन्थ ठाकुरको बारे तपाईको टिप्पणी अलि बढि भएन र ? तपाई सुझाव दिनुस् मा.प्रचण्डलाई जसले जंगल छोड्दै संघीयता पनि छोडे ।'

    रामकुमार शर्माले आपत्तिजनक रुपमा महन्थलाई मधेसको सौदागर भन्दै उनबाट सावधान बन्न र प्रतिगमनकारीलाई परास्त गर्न भनेका छन् । जबकी मधेसको सौदागार उपेन्द्र यादव हुन् ।

    जो मधेसका नाममा पटक पटक सत्तामा गए । तर उपलब्धी शून्य । मधेस मुद्दा जहाँको त्यहीँ । तर उपेन्द्रसँग सहकार्य गरेर नयाँ गठबन्धन बनाउने र श्रीमतीलाई मन्त्री बनाउने सपना देखेका शर्माले उपेन्द्रलाई कहाँ सौदागर देख्थे, बदनाम गर्नलाई महन्थलाई सौदागर भन्नै परयो ।

    बैशाख २०, २०७८ सोमवार ०८:०५:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जसपा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana