Logo

आइतवार, जेठ २ गते २०७८

लुम्बिनीमा नौटंकी गर्ने माओवादीमाथि प्रधानमन्त्रीको अर्को एक्सन

लुम्बिनीमा नौटंकी गर्ने माओवादीमाथि प्रधानमन्त्रीको अर्को एक्सन

नेपालपाना बैशाख २० २०७८
  • 3.4K
    SHARES
  • लुम्बिनीमा नौटंकी गर्ने माओवादीमाथि प्रधानमन्त्रीको अर्को एक्सन

    काठमाडौं । सरकारले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमका प्रदेश प्रमुख सर्मीला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन् । उनीहरुको ठाउँमा गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगा यादवलाई नियुक्त गरेकी छन् । दुबै जनाले राष्ट्रपतिबाट सपथ पनि लिइसकेका छन् । 

    पदमुक्त भएका दुबै जना माओवादी केन्द्रबाट प्रदेश प्रमुख भएका थिए । लुम्बिनी प्रदेशमा शंकर पोखरेलविरुद्ध माओवादीले नौटंकी देखाएपछि प्रधानमन्त्री ओलीले बदला लिएका हुन् । 

    यसअघि सरकारले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर राजेश अहिराजलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।

    बैशाख २०, २०७८ सोमवार १७:४०:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana