Logo

आइतवार, जेठ २ गते २०७८

‘साउदी अरबसँग वार्ताका लागि इरान तयार’

‘साउदी अरबसँग वार्ताका लागि इरान तयार’

नेपालपाना बैशाख २० २०७८
  • 1.4K
    SHARES
  • ‘साउदी अरबसँग वार्ताका लागि इरान तयार’

    काठमाडौं। इरानले साउदी अरबलगायतका आफ्ना छिमेकीहरूसँग विवाद सुल्झाउन ‘कुनै पनि तह र हिसाबले’ वार्ताका लागि तयार रहेको जनाएको छ ।

    इरानको विदेश मन्त्रालयका प्रवक्ता सईद खतिबजादेहले इरानले साउदी अरब र अन्य खाडी मुलुकहरूसँगको विवाद नचाहेको र यसलाई मिलाउनका लागि सधैँ तत्पर रहेको जानकारी दिए ।

    “स्वर र भाषणको परिवर्तनले तनाव कम गर्न धेरै मद्दत पु¥याउँछ,” खतिबजादेहले सञ्चारकर्मीसँगको साप्ताहिक भेटमा भने, “वार्ताबाट व्यवहारमा परिवर्तन ल्याउनसकिने र यसले जटिल समस्याहरूलाई हल गर्न सहयोग गर्छन् ।”

    यस क्षेत्रका देशहरू, इरान र साउदी अरेबियाबीचको वार्ताले खाडी क्षेत्रलाई शान्ति, स्थायित्व र प्रगतिको मार्गमा अघि बढाउने पनि उहाँले बताए । 

    बैशाख २०, २०७८ सोमवार २१:०६:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्व

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana