Logo

आइतवार, जेठ २ गते २०७८

निषेधाज्ञा झन कडा पारिँदै, अब कुनै पनि गाडी चल्न नदिने रणनीति

निषेधाज्ञा झन कडा पारिँदै, अब कुनै पनि गाडी चल्न नदिने रणनीति

नेपालपाना बैशाख २१ २०७८
  • 2.9K
    SHARES
  • निषेधाज्ञा झन कडा पारिँदै, अब कुनै पनि गाडी चल्न नदिने रणनीति

    काठमाडौं । निषेधाज्ञामा पनि काठमाडौं उपत्यकाको विभिन्न सडक चोक तथा सुरक्षा चेकजाँच स्थलमा ट्राफिक जाम’ देख्दा स्वयं सुरक्षाकर्मीहरू नै आश्चर्यमा परेका छन् ।

    कोभिड–१९ महामारीको सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि निषेधाज्ञा जारी भएको सोमबार पाँचौँ दिन हो । 

    आइतबारबाट निषेधाज्ञा थप कडाइको निर्णय भए पनि सडकमा सवारीसाधनको चाप ह्वात्तै बढेको छ । 

    अत्यावश्यक कामका लागि सवारी पास लिएका भन्दा आफूखुसी सवारीसाधन चलाउनेको सङ्ख्या बढेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको छ ।

    निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी कारबाहीको सङ्ख्या करिब दुई हजार पुगेको छ । काठमाडौँ उपत्यकाको चाबहिल, कोटेश्वर, बल्खु, बानेश्वर, भद्रकाली, न्युरोड गेट, केशरमहल र कलङ्कीलगायतका क्षेत्रमा बिहानको समयमा ट्राफिक जाम हुने गरेको छ । जामका कारण सुरक्षाकर्मीलाई समेत अत्यावश्यक सवारीसाधन हो वा होइन, पहिचान गर्न समस्या देखिएको छ ।

    यसैबीच काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञामा अत्यावश्यक बाहेकका अन्य सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउने विषयमा छलफल भइरहेको बताए । सवारीको चाप देखिएकाले कुनै पनि गाडी चल्न नदिने गरी कडाई गर्न लागिएको बताए । त्यसैगरी पैदलयात्रीलाई पनि नियन्त्रणमा लिइनेछ ।

    बैशाख २१, २०७८ मंगलवार १२:०४:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana