Logo

आइतवार, जेठ २ गते २०७८

रामचन्द्र पौडेल, उपेन्द्र-बाबुरामसँग मिलेर प्रचण्डले अति नै निहुँ खोजेपछि प्रधानमन्त्री ओलीको जवाफी कारवाही

रामचन्द्र पौडेल, उपेन्द्र-बाबुरामसँग मिलेर प्रचण्डले अति नै निहुँ खोजेपछि प्रधानमन्त्री ओलीको जवाफी कारवाही

नेपालपाना बैशाख २१ २०७८
  • 16.8K
    SHARES
  • रामचन्द्र पौडेल, उपेन्द्र-बाबुरामसँग मिलेर प्रचण्डले अति नै निहुँ खोजेपछि प्रधानमन्त्री ओलीको जवाफी कारवाही

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका तर्फबाट नियुक्ति पाएका नेताहरूलाई हटाउन थालेका छन् । माओवादी अध्यक्ष प्रचण्डले रामचन्द्र पौडेल, उपेन्द्र यादव र बाबुराम भट्टराईसँग मिलेर निहुँ खोजेपछि प्रधानमन्त्री ओली एक्सनमा उत्रिएका हुन् । 

    एमाले र माओवादी एकीकरण भएको बेला भागबन्डामा नियुक्ति पाएका माओवादी नेताहरूलाई पदबाट हटाई ओलीले आफू अनुकूलका नेतालाई नियुक्ति दिन थालेका हुन् । माओवादीका तर्फबाट नियुक्त गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई हटाएर ओलीले सीता पौडेल र गंगानारायण यादवलाई नियुक्त गरेका छन् । 

    यादव २०७४ सालमा राप्रपाबाट एमालेमा प्रवेश गरेका हुन् भने पौडेल एमालेकै महिला नेत्री हुन् । यसअघि २०७६ कात्तिकमा सरकारले सातैवटा प्रदेशका प्रमुख परिवर्तन गरेको थियो । त्यति बेला प्रदेश २, गण्डकी र सुदूरपश्चिममा माओवादी केन्द्र निकटकालाई नियुक्त गरिएको थियो ।

    पुस ५ गतेपछि तत्कालीन नेकपामा आएको विग्रह र फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग गराएपछि ओलीले तीनजना प्रदेश प्रमुखलाई पदमुक्त गरिसकेका छन् । यसअघि उनले प्रदेश २ मा माओवादीका तर्फबाट नियुक्ति पाएका तिलक परियारलाई हटाएर राजेश अहिराजलाई नियुक्त गरेका थिए ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहालले ओली नेतृत्वको सरकारलाई आफ्नो पार्टीको समर्थन नभएको जनाए पनि औपचारिक रूपमा समर्थन फिर्ता लिएका छैनन् । यसअघि नै ओलीले माओवादीलाई समर्थन फिर्ता लगे हुन्छ भनेर ललकारेको नागरिकले लेखेको छ । सार्वजनिक रूपमा राजीनामा माग्ने तर संसद्मा अविश्वासको प्रस्ताव पनि नलैजाने गरेकाले माओवादीसँग क्रुद्ध ओलीले त्यस दलका नेताहरूलाई प्रदेश प्रमुखबाट मुक्त गरेका हुन् ।

    बैशाख २१, २०७८ मंगलवार १२:२०:२९ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana