Logo

आइतवार, जेठ २ गते २०७८

इजरायलमा नेपालीलाई ६ वर्षपछि खुल्यो रोजगारी, तलब आकर्षक

इजरायलमा नेपालीलाई ६ वर्षपछि खुल्यो रोजगारी, तलब आकर्षक

नेपालपाना बैशाख २१ २०७८
  • 2.0K
    SHARES
  • इजरायलमा नेपालीलाई ६ वर्षपछि खुल्यो रोजगारी, तलब आकर्षक

    काठमाडौं । सरकारले इजरायलमा 'केयरगिभर' का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ । 

    इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी 'निर्देशिका २०७८' इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ । 

    सम्झौतामा हवाई भाडा, बिमा, स्वास्थ परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने उल्लेख गरिएको अन्नपूर्णले लेखेको छ । 

    तर उक्त सम्झौताअनुसार रोजगारदाताले उक्त शुल्क तिर्न नमाने सम्बन्धित व्यक्तिले तिर्नुपर्ने व्यवस्था गरिएको हो । 

    इजरायलमा एक लाख भन्दा बढी तलब मासिक हुन्छ । नेपालबाट विशेषगरी महिलाहरु इजरायल जाने गरेका छन् ।

    बैशाख २१, २०७८ मंगलवार १२:३६:०५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana