Logo

शनिवार, आषाढ ११ गते २०७९

images

चीनको बढ्दो आक्रमकताले भियतनामलाई अमेरिकासँग थप नजिक बनाएको बिश्लेषण

चीनको बढ्दो आक्रमकताले भियतनामलाई अमेरिकासँग थप नजिक बनाएको बिश्लेषण

नेपाल पाना बैशाख २२ २०७८
  • 4.7K
    SHARES
  • चीनको बढ्दो आक्रमकताले भियतनामलाई अमेरिकासँग थप नजिक बनाएको बिश्लेषण

    हानोई । भियतनाम प्रति चीनको बढ्दो आक्रमकता ले भियतनामलाई अमेरिकासँग थप नजिक बनाएको बिश्लेषण गरिएको छ ।

    चीनको आक्रमकताले भियतनाममा चीन बिरोधी भावना पैदा भई भियतनाम अमेरिकासँग थप नजिक भईरहेको बिश्लेषण भएको हो ।

    गत बर्ष कोभिड १९ माहामारीको समयमा अप्रिल र जुन मा दक्षिण चीन सागरमा दुई वटा चिनियाँ पनडुब्बी विमानका कारण भियतनामको माछा मार्ने डुंगाहरु डुबेको थियो ।

    चीनको बढ्दो आक्रमकताका कारण भियतनामले चीनको तेल कम्पनीहरुसँग सम्झौता रद्द गर्नु परेको थियो । दक्षिण चीन सागरको क्षेत्रीय  विवाद र मेकोङ नदीमा चीनको एकलौटी गतबिधिका कारण भियतनाम र चीन बीच असहज कुटनीतिक सम्बन्ध रहँदै आएको छ ।

    चीनको हस्तक्षेपकारी कुटनीतिक व्यावहार, चिनियाँ उधोग क्षेत्रको शोषणकारी प्रवृत्ति, चिनियाँ बिषात्त सामाग्रीहरु तथा विभिन्न कारणले भियतनाममा चीनको अलोकप्रियता बढेको हो ।

    विगत पन्ध्र बर्ष यता भियतनाममा नेताहरुले देश चीनलाई बेचेको भन्दै नागरिकहरुले विभिन्न आन्दोलन र प्रदर्शन गरेका छन् । स्रोत याहु न्युज

    बैशाख २२, २०७८ बुधवार ०८:५६:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend