Logo

शनिवार, आषाढ ११ गते २०७९

images

चीनले कर्पोरेट ऋण सम्बोधन गर्नुपर्ने अन्तराष्ट्रिय मोनेटरी फण्डको आग्रह

चीनले कर्पोरेट ऋण सम्बोधन गर्नुपर्ने अन्तराष्ट्रिय मोनेटरी फण्डको आग्रह

नेपाल पाना बैशाख २२ २०७८
  • 6.5K
    SHARES
  • चीनले कर्पोरेट ऋण सम्बोधन गर्नुपर्ने अन्तराष्ट्रिय मोनेटरी फण्डको आग्रह

    बेईजिङ । अन्तराष्ट्रिय मोनेटरी फण्ड (आईएम्एफ्) ले चीनलाई कर्पोरेट ऋणको मात्राबारे सम्बोधन गर्न आग्रह गरेको छ ।
     
    कोभिड १९ माहामारीको समयमा सहज रुपमा अत्यधिक ऋण प्रदान गरेको चीनले कर्पोरेट ऋण सम्बोधन गर्नुपर्ने आईएम्एफ्ले बताएको हो । कोभिड १९ माहामारीबाट मुक्त हुने चीनको मौद्रिक नीतिले थप समस्या पैदा गरेको आईएम्एफ् का वित्तिय सल्लहकार टोबिएस एड्रियनले टिप्पणी गरेका छन् ।

    कोरोना माहामारीको समयमा कर्पोरेट क्षेत्रले सजिलै ऋण लिएको र यसले चीनमा थप समस्या पैदा गर्ने आईएम्एफ्को रिपोर्टमा उल्लेख गरिएको छ । चीनको यो मौद्रिक नीतिका कारण गत बर्षको अन्त्यमा चीनको कुल ग्राहस्थ उत्पादनको तुलनामा २६६ दशमलब ४ प्रतिशत ऋण पुगेको चिनियाँ प्रबुद्ध समुह चाईनीज एकेडेकी अफ सोसल साइन्स ले उल्लेख गरेको छ ।

    कर्पोरेट ऋण जोखिम नियन्त्रण गर्न चीनले सहज रुपमा ऋण उपलब्ध गर्न रोक्नुपर्ने आईएम्एफ् ले टिप्पणी गरेको छ । स्रोत याहु न्युज

    बैशाख २२, २०७८ बुधवार १६:४६:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend