Logo

मंगलवार, मंसिर १३ गते २०७९

योगेश भट्टराईलगायत युवा नेताको ईश्वर पोखरेलसँग वार्ता, माधव, झलनाथ र भीम रावलहरुलाई धक्का

योगेश भट्टराईलगायत युवा नेताको ईश्वर पोखरेलसँग वार्ता, माधव, झलनाथ र भीम रावलहरुलाई धक्का

नेपालपाना बैशाख २२ २०७८
  • 25.3K
    SHARES
  • योगेश भट्टराईलगायत युवा नेताको ईश्वर पोखरेलसँग वार्ता, माधव, झलनाथ र भीम रावलहरुलाई धक्का

    काठमाडौं । नेकपा एमालेमा योगेश भट्टराई लगायत युवा नेताहरुले दौडधुप बढाएका छन्।

    एमालेभित्र वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, नेता सुरेन्द्र पाण्डे, नेतृ रामकुमारी झाँक्रीहरु सामूहिक राजीनामाको लाइनमा अगाडि बढिरहेका बेला यसै समूहका युवा नेता योगेश भट्टराईहरुले उपप्रधानमन्त्री एवं पार्टीका महासचिव ईश्वर पोखरेलसँग भेट गरेका छन् । 

    प्रधानमन्त्री केपी शर्मा ओलीलगायत पार्टीका नेताहरु विश्वासको मत माग्न कांग्रेस सभापति शेरबहादुर देउवा निवास गएका बेला माधव समूहका योगेश भट्टराई लगायत युवा नेताले महासचिव पोखरेलसँग भेटेर वार्ता गरेका हुन् ।  

    पोखरेललाई भेट्न युवाहरु प्रतिनिधित्व गरी योगेश भट्टराई र गणेश पहाडी सिंहदरवार पुगेका थिए । उपप्रधानमन्त्री पोखरेलको कार्यकक्षमा झण्डै एक घण्टा छलफल भएको स्रोतले बतायो । 

    भेटमा सहभागी सांसद गणेश पहाडीले एमाले विभाजित हुन नदिनका लागि नेतृत्वमा पहल गर्न आग्रह गरेको बताए । 'व्यक्ति/व्यक्तिलाई भेटेर तान्ने भन्दा पनि माधव नेपाल, झलनाथ खनाल लगायतका नेतासँग कुरा गर्न भन्यौं । शीर्ष तहमै नेताहरुबिच कुरा मिलाउन आग्रह गर्यौ,' उनले भने । 

    महासचिवलाई पार्टी एकताको पहल गर्न र एमाले जोगाउन आग्रह गरेको उनको भनाई छ । महासचिव पोखरेल पनि एकता जोगाउनुपर्ने पक्षमा रहेको आफूले पाएको पहाडीले बताए । 

    शीर्ष नेता माधव नेपाल, झलनाथ खनाल सामूहिक राजीनामा दिएर पार्टीलाई औपचारिक विभाजनतर्फ लैजान खोजिरहेका बेला योगेशले पहलकदमी लिएका हुन् । 

    यसअघि योगेशले नै मेरियट होटलमा प्रधानमन्त्री ओली र नेता माधव नेपालबिच भेटवार्ताको वातावरण बनाएका थिए । यद्यपि वार्ता सफल हुन सकेन ।

    बैशाख २२, २०७८ बुधवार २१:००:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # योगेश भट्टराई

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend