Logo

आइतवार, श्रावण १० गते २०७८

अञ्जु–निशानको स्वर र पाण्डेको निर्देशनमा ‘हल्काहल्का लजाएर’ सार्वनिक !

अञ्जु–निशानको स्वर र पाण्डेको निर्देशनमा ‘हल्काहल्का लजाएर’ सार्वनिक !

नेपालपाना बैशाख २४ २०७८
  • 5.2K
    SHARES
  • अञ्जु–निशानको स्वर र पाण्डेको निर्देशनमा ‘हल्काहल्का लजाएर’ सार्वनिक !

    काठमाडौं। चन्द्र प्रसाइँ ‘परिस्कृत’को शब्द रहेको ‘हल्काहल्का लजाएर...’ बोलको  गीत रिलिज भएको छ ।

    संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा गायिका अञ्जु पन्त र गायक निशान भट्टराईले स्वर दिएका छन् । गीतलाई ईनाक्षी इन्टरटेन्मेन्टको यूट्युब च्यानलमार्फत गीतलाई बिहीबार रिलिज गरिएको छ ।

    गीतकार प्रसाइँले अलिक फरक शैलीको गीतमा आफूले शब्द लेखेको बताएका छन् । ‘पहिलेका गीतहरू मिलन, बिछोड, पिरती, बियोगान्तसँग सम्बन्धित थिए’, उनले भने, ‘हल्काहल्का लजाएर... अलिक फरक शैलीमा छ ।’

    संगीतकार श्रेष्ठले पनि गीत फास्ट बिटमा बनेको बताएका छन् । ‘गीतमा नयाँ प्रयोग गरेका छौँ’, उनले भने, ‘गीतबाट हाम्रो अपेक्षा ठूलो छ ।’ संगीतकार श्रेष्ठले दर्शक स्रोताहरूको चाहनाअनुसार गीत बनाइएको बताए ।

    गीतमा अरेञ्ज गोपाल रसाइलीको रहेको छ । मिक्सिङ÷मास्टरिङ श्यामश्वेत रसाइलीको छ । देवेन्द्र पाण्डेको निर्देशन रहेको म्युजिक भिडियोमा राजेश हमाल, करिश्मा मानन्धर, पल शाह र पूजा शर्माको अभिनय रहेको छ ।

    म्युजिक भिडियोको छायाँकन उत्सव दाहालले गरेका हुन् । सम्पादन विकास दाहालको रहेको छ ।
    यसअघि, प्रसाइँको शब्द रहेको ‘पुरानो घाउ...’ बोलको गीत रिलिज भएको थियो । ‘पुरानो घाउ...’कै टिमले ‘हल्काहल्का लजाएर...’ फास्ट बिटको गीत लिएर आएको छ ।

    ‘पुरानो घाउ’ले यूट्युबको ट्रेण्डिङमा एक हप्ताभन्दा धेरै समय स्थान बनाएर बसेको थियो । ‘पुरानो घाउ’बाट सफलता पाएपछि उत्साहित भएको यो टिमले अर्को महत्वकांक्ष गीत ‘हल्काहल्का लगाएर...’ ल्याएको छ ।

    भिडियाे:

    बैशाख २४, २०७८ शुक्रवार १०:४१:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana