Logo

सोमवार, कार्तिक ८ गते २०७८

images

चीनमा निमार्ण गरिएको कोरोनाविरुद्धको खोप प्रभावकारी नभएको भन्दै तीव्र आलोचना

चीनमा निमार्ण गरिएको कोरोनाविरुद्धको खोप प्रभावकारी नभएको भन्दै तीव्र आलोचना

नेपालपाना बैशाख २५ २०७८
  • 4.5K
    SHARES
  • चीनमा निमार्ण गरिएको कोरोनाविरुद्धको खोप प्रभावकारी नभएको भन्दै तीव्र आलोचना

    बेइजिंग । कोरोना भाइरसविरुद्धको चीनले उत्पादन गरेको खोप प्रभावकारी नभएको भन्दै विश्वका विभिन्न मुलुकहरुले तीव्र आलोचना गरेका छन् । कोरोना भाइरसको उत्पत्ति भएको वुहान इन्सिच्युट अफ बाइलोजिकल प्रोडक्टसको सिनोफार्म कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको खोप अन्य खोपहरुमो तुलनामा कम प्रभावकारी भएको पाइएको हो । 

    यव् खोप हाल विश्वका विभिन्न मुलुकहरुमा लगाउन थालिएको छ । तर, खोप लगाइसकेपछि पनि कोरोना भाइरसको संक्रमण देखिन थालेपछि यसको प्रभावकारितामाथि प्रश्न उठेको थियो । ब्राजिलमा गरिएको प्ररीक्षणका क्रममा कोरोनाविरुद्धको यो खोपको प्रभावकारिता ५० प्रतिशत देखाएको थियो । उक्त नतिजा सार्वजनिक भएपछि पनि वैज्ञानिकहरुले तत्काल प्रयोग गर्न उपयुक्त नभएको सुझाएका थिए । 

    तर, चीनले भने विभिन्न मुलुहरुलाई दबाब सिर्जना गर्दै खोप खरिदका लागि बाध्य पारेको थियो । पाकिस्तान, इनडोनेसिया, थाइल्याण्ड, म्यानमार, फिलिपिन्स, नेपाल, ब्राजिल, इरान, तथा केही खाडी मुलुकहरुमा चीनले निमार्ण गरेको कोरोनाविरुद्धको खोप प्रयोग भइरहेको छ । गत महिना कोरनोविरुद्धको चिनियाँ खोप लगाएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई खोप लगाएको दुई दिनपछि नै संक्रमण पुष्टि भएको थियो । 

    अहिले कोरोनाको दोस्रो लहर सुरु भएको र यो फरक भेरियन्टको भएका कारण खोप प्रभावकारी छ कि छैन भन्ने कुरा पनि यकिन गरिएको छैन । यो खोप परीक्षणका विभिन्न चरणमा प्राप्त नतिजाहरु पनि चीनले गोप्य नै राखेको छ । जसका कारण पनि चीनले आलोचना बेहोर्नु परेको छ । 

    विश्वभरका खोप विशेषज्ञहरूले सिनोफर्मको बिरूद्ध कडा सल्लाह दिएका छन् । शंघाईस्थित डाक्टर ताओ लीनाले यसलाई “विश्वको सबैभन्दा असुरक्षित खोप“ भनेका छन् । यो खोप लगाएका केही व्यक्तिहरुको र्मत्युसमेत भएको थियो । तर, चीनले भने उक्त खोपकै कारण मृत्यु भएको भन्ने पुष्टि भइ नसकेको भन्दै आफ्नो बचाउ गरेको छ । यसबाहेक चिनियाँ खोप लगाएकाहरुलाई ज्वरो आउने, शरीर चिलाउने, शरीरको तापक्रम एक्कासी बढ्ने तथा रक्तचाप पनि घटबढ हुने समस्या देखिन थालेको बताइएको छ । 

    विश्व स्वास्थ्य संगठनले पनि यस खोपलाई मान्यता दिएको छैन । तर, भारतमा उत्पादन गरिएका कोभिशिल्ड र कोभ्याक्सिन भने अहिले फैलिरहेको डबल म्युटेन्ट भाइरविरुद्ध पनि प्रभावकारी भएको पाइएका छ ।

    बैशाख २५, २०७८ शनिवार १२:४४:१८ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana