बेइजिंग । ताइवानका विषयमा अस्ट्रेलियाले दिएको अभिव्यक्तिका विषयमा चीनले अस्ट्रेलियाको चर्को आलोचना गरेको छ । चीनले गत सोमबार अस्टरेलियन सरकारले बेइजिंग र ताइवानबीच विवाद भएको भन्ने अभिव्यक्तिप्रति चीनले आलोचना गरेको हो ।
चीनले अस्ट्रेलिया सरकारले ताइवानका मामिलामा पूर्ण संवेदनशीलता अपनाउने विश्वाससमेत व्यक्त गरेको छ । अस्ट्रेलिया एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध भएका कारण चीनले ताइवानका मामिलामा कुनै प्रकारको विवादस्पद अभिव्यक्ति दिन नहुने बताइएको छ ।
ताइवानका मामिलामा अस्ट्रेलियाले बोली र व्यवहारमा समानता कायम गर्नुपर्ने र ताइवानलाई अलग गर्ने कुनै पनि शक्तिले गलत सन्देश प्रवाह नर्गसमेत चीनले चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले ताइवानको शाति र स्थायीत्व खलबलाउने कुनै पनि गतिविधि चीनका लागि सह्य नहुने चेतावनी दिएका हुन् ।
गत आइतबार अस्ट्रेलियाका रक्षामन्त्री पिटर डुटोनले अस्ट्रेलियन ब्रोडकास्टिंग कर्पोरेशनसँगको कुराकानीमा बेइजिंगले ताइवानलाई अवमूल्यन गर्न नहुने र ताइवान स्वतन्त्र मुलुक भएको बताएका थिए । ताइवानले पनि आफूलाई स्वतन्त्र मुलुकको रुपमा प्रस्तुत गर्दै आएको छ ।
बेइजिंगले भने ताइवानलाई आफ्नो सार्वभौम अन्र्तगत पर्ने बताइरहेको छ । २४ मिलियन जनसंख्या भएको ताइवानमा प्रजातन्त्र कायम छ । त्यहाँ प्रजातान्त्रिक व्यवस्था अनुसार शासन व्यवस्था सञ्चालन गरिँदे आएको छ । करिब सात दशकदेखि चीनले ताइवानलाई आफ्नो सार्वभौमिक क्षेत्रमा पर्ने दाबी गर्दै आए पनि ताइवानले भने स्वतन्त्र राष्ट्रको अभ्यास गरिरहेको छ ।
ताइवानले संयुक्त राष्ट्रसंघमा भने स्वतन्त्र राष्ट्रको मान्यता दिएको छैन । विश्वका अन्य मुलुकहरुले पनि एक चीन नीति अवलम्बन गरेका छन् । रक्षामन्त्री डुटोनले अस्ट्रेलियन सैन्य बललाई उच्च किसिमको सतर्कता अपनाउन र कुनै पनि खतराको सामना गर्नका लागि तयारी अवस्थामा बस्नसमेत निर्देशन दिएका छन् ।