Logo

बुधवार, आषाढ २ गते २०७८

उपेन्द्र बाबुरामको अर्को कर्तुतको पर्दाफास, महेश बस्नेतलाई जोडेर पार्टीको बदनाम गरेपछी जसपाद्वारा प्रमाण सार्वजनिक! 

उपेन्द्र बाबुरामको अर्को कर्तुतको पर्दाफास, महेश बस्नेतलाई जोडेर पार्टीको बदनाम गरेपछी जसपाद्वारा प्रमाण सार्वजनिक! 

नेपाल पाना जेठ १ २०७८
  • 11.7K
    SHARES
  • उपेन्द्र बाबुरामको अर्को कर्तुतको पर्दाफास, महेश बस्नेतलाई जोडेर पार्टीको बदनाम गरेपछी जसपाद्वारा प्रमाण सार्वजनिक! 

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले भक्तपुरको डोलेश्वर भिलेज रिसोर्ट एण्ड हाउस प्रालिको बिल चुक्ता गरेका छन् । 

    आफ्ना स्वकीय सचिव सत्यन्द्र मिश्रामार्फत ठाकुरले ९० हजार ६१ रुपियाँ तिरेका हुन् । मिश्रले वैशाख ३१ गते रिसोर्टमा पुगेर पैसा तिरेको डोलेश्वर भिलेज रिसोर्टले जनाएको छ । 

    जसपाभित्र उपेन्द्र यादव र बाबुराम भट्टराईले अटेर गरेर विवाद झिकेपछि ठाकुरले रणनीति बनाउन आफ्ना सांसदहरूलाई रिसोर्टमा राखेर पार्टीभित्रको समीकरणको जानकारी गराएका थिए । 

    उपेन्द्र र बाबुरामका कारण जसपा समस्यामा परेपछि ठाकुरले आफू निकटका सांसदलाई रिसोटमा पुर्याएका थिए । ठाकुरले सोही रिसोर्टबाट जसपालाई एक बनाउने रणनीति बनाएका छन् । 

    Janata Samajwadi Party.jpg

    ठाकुरको रणनीतिपछि उपेन्द्र र बाबुरामको होस उडेको छ । उनीहरू तनावमा परेका छन् । ठाकुरले पार्टी कब्जा गरेको भनेर विभिन्न खालका रुन्चे स्वरमा विरोध र प्रोपोगाण्डाहरू गर्ने गरेका छन् । साइबर सेलले नेकपा एमालेका नेता महेश बस्नेतलाई जसपाका शीर्ष नेतृत्वहरूको बिरोधमा समाजिक सञ्जालमा विषबमन गर्न शुरु गरेका छन् । 

    जसपाका सांसद, सहयोगीलगायत ३० जनाले खाना खाएका थिए । बैठकका लागि हलको ११ हजार चार्ज तिरिएको छ । त्यसमा हाई टीको व्यवस्था थियो ।

    लञ्च प्याकेजमा एक जना बराबर १४९० रुपियाँ तिरिएको छ । लञ्च ३० जनाले खाएका छन् ।

    ठाकुर समूहले आफ्ना सांसदहरूलाई रिसोर्टमा राखेर लाखौँ रुपियाँ खर्च गरेको भनेर चर्चा भइरहेका बेला जसपाले रिसोर्टमा तिरेको बिल सार्वजनिक गरेको छ । बिल जसपाको नाममा काटिएको छ । बिल भने ठाकुरले तिरेका छन् ।

    जेठ १, २०७८ शनिवार १२:५४:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जसपा

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana