Logo

बुधवार, आषाढ २ गते २०७८

स्याल हुइँया नगर्न उपेन्द्र र बाबुरामलाई महेश बस्नेतको चेतावनी, सार्वजनिक भयो यस्तो प्रमाण

स्याल हुइँया नगर्न उपेन्द्र र बाबुरामलाई महेश बस्नेतको चेतावनी, सार्वजनिक भयो यस्तो प्रमाण

नेपाल पाना जेठ १ २०७८
  • 4.4K
    SHARES
  • स्याल हुइँया नगर्न उपेन्द्र र बाबुरामलाई महेश बस्नेतको चेतावनी, सार्वजनिक भयो यस्तो प्रमाण

    काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले स्याल हुइँया नगर्न उपेन्द्र यादव र बाबुराम भट्टराईलाई चेतावनी दिएका छन् । महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसदसँग जोडेर गलत प्रचार गरेपछि नेता बस्नेतले कडा चेतावनी दिएका हुन् ।

    उपेन्द्र र बाबुरामको समूहले नेता बस्नेतले जसपाका सांसदलाई भक्तपुर रिसोर्ट लगेको प्रचार गर्दै आएका छन् । तर महन्थ र राजेन्द्रले नै आफ्ना सांसदको अपहरण हुनसक्ने भन्दै रिसोर्टमा लगेर सुरक्षित राखेका थिए ।

    तर बस्नेतको नाम जोडेर प्रचार गरेपछि उनी काउन्टरमा उत्रिएका हुन् । बस्नेतले काउन्टर दिएका बेला रिसोर्टको बिल जसपा अध्यक्ष ठाकुरका स्वकीय सचिवले तिरेको तथ्य बाहिर आएको छ । रिसोर्टलाई तिरेको बिल जसपाकै नाममा काटिएको छ ।

    नेता बस्नेतले राजेन्द्र महतो जनता समाजबादी पार्टीको संसदीय दलको नेता चयन भएकोमा बधाई पनि दिएका छन् । 

    बिगतमा एमाले, माओबादी, कांग्रेस लगाएतका दलहरुले पनि कतिपय महत्त्वपूर्ण बैठकहरु विभिन्न होटल, रिसोर्टहरुमा गर्दै आएको प्रचलन नेपालको राजनीतिमा सामान्य नै भएको पनि उनले उल्लेख गरेका छन् ।

    'कतिपय पालित पोषित मिडिया र परिचालीत सोसल मिडियाका लाउकेहरुले यो विषयलाइ अनावश्यक उचाल्न खोजेका छन । हामी स्पष्ट छौ,' उनले भनेका छन् ।

    उक्त प्रचारबाजीलाई बस्नेतले केपी ओलीको बहिर्गमनमा आफ्नो भबिष्य देखेका प्रचण्ड, देउबा, बाबुराम, रामचन्द्र, उपेन्द्र, नारायणकाजीहरुको सपना तुहिएको कारण र सत्ता आफ्नो पक्षमा पार्न नसकेका सत्ता पिपासुको छटपटाहट भएको उल्लेख गरेका छन् । 'तसर्थ कोही भ्रममा नपरौं। अतिथि देबोभब भन्ने हाम्रो मान्यताका आधारमा भक्तपुरमा उहाहरुलाइ स्वागत गरिएको हो। कसैको श्याल हुइयाले दाल गल्नेवाला छैन,' उनले भनेका छन् । 

    नेता बस्नेत र जसपाका नेताहरुको बदनाम गराउने लाई युवा संघका उपाध्यक्ष सन्जिव झा सुरजले पनि काउन्टर दिएका छन् । उनले यस्तो कार्यले कुनै फरक नपर्ने चुनौती दिँदै भत्सना गरेका छन् ।

    mahesh.jpg

     

    Janata Samajwadi Party.jpg

    जेठ १, २०७८ शनिवार १७:२८:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # महेश बस्नेत

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana