Logo

बुधवार, आषाढ २ गते २०७८

महन्थ ठाकुर पक्षकै शरणमा जाने उपेन्द्र यादव र बाबुरामको संकेत !

महन्थ ठाकुर पक्षकै शरणमा जाने उपेन्द्र यादव र बाबुरामको संकेत !

नेपालपाना जेठ १ २०७८
  • 2.8K
    SHARES
  • महन्थ ठाकुर पक्षकै शरणमा जाने उपेन्द्र यादव र बाबुरामको संकेत !

    काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) मा अध्यक्ष उपेन्द्र यादव र नेता  डा. बाबुराम भट्टराई पक्ष यतिबेला तनाबमा छ ।

    जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षसहित शुक्रबार बसेको जसपा संसदीय दलको बैठकले महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । बहुमत सदस्यले संसदीय दलको नेता चयन गरेपछि आज अध्यक्ष यादव र डा. भट्टरार्ईपक्षको बैठक बसेको थियो ।

    यादव र भट्टराई पक्षले विज्ञप्ति जारी गर्दै संसदीय दलको कुनै पनि बैठक नबसेको दाबी गर्दै संसदीय दलको नेता चयन नगरेको बताएको छ ।

    यद्यपी, बहुमत सदस्यले संसदीय दलको नेता चयन गरेपछि  यो समुहलाई तनाब भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने विषयमा जसपाभित्र दुई धार देखिएको थियो। महन्थ पक्ष का १५ जनाले ओलीलाई विश्वासको मत तटस्थ बसेका भने अन्य सांसद त्यसको विपक्षमा उभिएका थिए।

    दुई पक्षबीच विवाद तीव्र बन्दा पार्टीका बैठक पनि छुट्टा छुट्टै बस्न थालेका छन्। यस्तोमा बहुमत सांसद ठाकुरपक्षसँग हुँदा यादव र भट्टराई संकटमा पर्नसक्ने अवस्था देखिएको छ । यसोहुँदा यात यो पक्ष महन्थ ठाकुरसमुहबाट अलग हुनुपर्ने या ठाकुरपक्षसँगै मिल्नु पर्ने स्थिती बन्ने संकेत देखिएको छ ।

    जेठ १, २०७८ शनिवार १९:४७:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जसपा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana