काठमाडौं। नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्स एफसीले हात पारेको छ ।
शनिबार दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाडौंले पहिलो संस्करणको एनएसएलको उपाधि जितेको हो ।
काठमाडौंका लागि क्यामरुनी खेलाडी मेसोउके ओलोमोउले एक मात्र गोल गरे । यो जितपछि काठमाडौंले धनगढीसँग यसअघि बेहोरेको दुई हारको बदला समेत लिएको छ ।