Logo

बुधवार, आषाढ २ गते २०७८

पाकिस्तानी प्रधानमन्त्री खानको विश्वर ईश्वरनिन्दाको हत्यारा कानुन फैलाउने योजना

पाकिस्तानी प्रधानमन्त्री खानको विश्वर ईश्वरनिन्दाको हत्यारा कानुन फैलाउने योजना

नेपालपाना जेठ २ २०७८
  • 1.4K
    SHARES
  • पाकिस्तानी प्रधानमन्त्री खानको विश्वर ईश्वरनिन्दाको हत्यारा कानुन फैलाउने योजना

    इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानमा लागु भएको ईश्वरनिन्दाजस्तो विवादित हत्यारा कानुनलाई विश्वभर फैलाउने याजना बनाएका छन् । मुस्लिम धर्मको अपमान गरेको आरोपमा पाकिस्तानमा ईश्वरनिन्दाको आरोप लगाउँदै अन्य विभिन्न धर्मका मानिसहरुलाई फाँसीको सजाय सुनाइएको छ । 

    अन्य धर्मका मानिसहरुले भने यसलाई इस्लामिक अतिवादको संरक्षण भएको र यस कानुनलाई हटाउनुपर्ने माग गरेका छन् । पाकिस्तानको इस्लामिक अतिवादलाई रोक्न माग गरिरहेको पाकिस्तान तेहरिक इ लब्बैक (टीएलपी) माथि पाकिस्तान सरकारले प्रतिबन्धको घोषणा गरेको छ । 

    यसअघि टीएलपीका प्रमुखलाईसमेत पाकिस्तान सरकारले नियन्त्रणमा लिएको छ । उनको रिहाइको माग गर्दै पाकिस्तानका विभिन्न सहरहरुमा विरोध प्रदर्शन भएको थियो । उक्त विरोध प्रदर्शनहरुलाई नियन्त्रण गर्न सरकारले दमन गरेपछि केही प्रदर्शनकारीहरुको मृत्युसमेत भएको थियो । 

    प्रधानमन्त्री इमरान खानले आफूले विश्वभकार मुस्लिम बहुल राष्ट्रहरुले ईश्वरनिन्दाको कानुनलाई कडाइका साथ पालना गरुन् भन्ने चाहेको बताएका थिए । उनले यससँगै ईश्वरनिन्दाको कानुन लागु नगराउने मुस्लिम बुहल राष्ट्रहरुसँगको व्यापारमाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । 

    गत साता भएको हिंसात्मक झडपको तीन दिनपछि प्रधानमन्त्री खानले यस्तो अभिव्यक्ति दिएका थिए । उनले टीएलपीका कयौं नेताकार्यकर्ताहरुलाई फेरि नियन्त्रणमा लिनसमेत निर्देशन दिएका छन् । यसअघि प्रदर्शनमा उत्रिएका टीएलपीका समर्थकलाई पक्राउ गरेर सडकका अवरोध सिर्जना गरेको भन्दै उनीहरुविरुद्ध मुद्दासमेत दर्ता गरिएको छ । 

    पश्चिमा राष्ट्राहरुले भने टीएलपीका प्रमुखसहित नेता कार्यकर्ताहरुलाई रिहा गर्न आग्रह गरेका छन् । तर, सरकारले भने रिहाइका लागि कुनै पहल गरेका छैन र यस विषयमा थप प्रतिक्रियासमेत दिएको छैन । 

    जेठ २, २०७८ आइतवार ०८:५५:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana