Logo

बुधवार, आषाढ २ गते २०७८

बलुचिस्तानमा आर्थिक र स्रोतसाधनको संकट बढ्दै

बलुचिस्तानमा आर्थिक र स्रोतसाधनको संकट बढ्दै

नेपालपाना जेठ २ २०७८
  • 1.8K
    SHARES
  • बलुचिस्तानमा आर्थिक र स्रोतसाधनको संकट बढ्दै

    बलुचिस्तान । कोरोना महामारीको संक्रमणको अवस्था बढ्दै गइरहेको पछिल्लो अवस्थामा बलुचिस्तानमा आर्थिक संकट पनि बढ्दै गइरहेको छ । गरिबी, अशिक्षा र बेरोजगारीविरुद्धको लडाइँमा बलुचिस्तान पराजितजस्तै बनेको छ । 

    केन्द्र सरकारले आवश्यक सहयोग नगर्दा आर्थिक र अन्य स्रोतसाधनको अभाव बलुचिस्तानका स्थानीयहरुकौ दैनिकीजस्तै बन्दै गइरहेको छ । फ्रन्टियर पोस्टमा खालिक नजार कियनीले लेखेको एक लेखमा बलुचिस्तानमा सुशासनको अवस्था निकै नाजुक बनेको छ भने वास्तविक मुद्दाहरुको सम्बोधन गर्न सरकार गम्भीर नबनेको उल्लेख गरेका छन् । 

    यससँगै राज्यमा भ्रष्टाचार निरन्तर उकालो लागिरहेको छ भने जिम्मेवारीबाट सरकार दैनिक च्युत भइरहेको अवस्था रहेको उनले आफ्नो लेखमार्फत जनाएका छन् । उनले सन् २०१७ देखि सन् २०२१ सम्म प्रान्त सरकारले चार आर्थिक वर्षमा ल्याएको बजेटलाई नजिकबाट नियाल्ने हो भने पनि बलुचिस्तानको भविष्यबारे सहजै आंकलन गर्न सकिने उनले जनाएका छन् । 

    यी चार वर्षका अवधिमा केन्द्र सरकारमाथिको निर्भरता ३२ प्रतिशतले वृद्धि भएको छ । जसमा केन्द्र सरकारले २२९,७५६ मिलियनदेखि ३०२,९०४ मिलियन चालु खर्च उपलब्ध गराइरहेको छ । प्रान्त सरकारले हरेक वर्ष घाटामा बजेट विनियोजन गरिरहेको अवस्था छ । 

    आगामी वर्षमा केन्द्र सरकारले प्रान्त सरकारलाई सहयोग गर्नसक्ने कुनै आशाहरु पनि नभएको उनले जनाएक छन् । आगामी दुई वर्षपछि प्रान्तमा विकास खर्चका लागिसमेत बजेट अभाव हुने स्थिति सिर्जना हुनसक्नेतर्फ पनि उनले सचेत गराएका छन् । 

    अर्थतन्त्रका सम्पूर्ण सूचकांकहरु निकै कमजोर देखिएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषको पछिल्लो तथ्यांक अनुसार बलुचिस्तानको कुल गार्हस्थ उत्पादन ८.३ बिलियन डलर रहेको छ । जुन खैबर पख्तुनख्वाको तुलनामा एक तीहाइले कम हो । सन् १९९९ देखि जीडीपी आरोलो लागेको यो एकमात्रै प्रान्त भएकोसमेत बताइएको छ । 

    जेठ २, २०७८ आइतवार ०८:५८:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पाकिस्तान

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana