Logo

मंगलवार, आषाढ २१ गते २०७९

images

एसईई परीक्षा वैकल्पिक विधिबाट

एसईई परीक्षा वैकल्पिक विधिबाट

नेपालपाना जेठ १६ २०७८
  • 14.0K
    SHARES
  • एसईई परीक्षा वैकल्पिक विधिबाट

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण  एसईई परीक्षा वैकल्पिक विधिबाट संचालन गर्न सरकारसँग अनुमति मागेको छ।

    अहिलेको अवस्थामा लिखित परीक्षा गर्न नसकिने भएकाले वैकल्पिक विधिका लागि अनुमति मागिएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेलले बताए।

    बोर्डले शिक्षा मन्त्रालयलाई वैकल्पिक विधिको अनुमति माग्दै आज पत्र पठाएको हो। हिजो बसेको बोर्ड बैठकले वैकल्पिक विधिको अनुमति माग्दै सरकारलाई पत्र पठाउने निर्णय गरेको थियो।

    कक्षा १२ को परीक्षा संचालनबारे भने बोर्डले केही भनेको छैन। 

    जेठ १६, २०७८ आइतवार १८:४९:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # परीक्षा

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend