Logo

बुधवार, मंसिर १५ गते २०७८

images

विपक्षी गठबन्धनले ओलीलाई सहयोग नगर्न सरकारी कर्मचारीलाई धम्की दिएपछि एमालेले गर्यो काउन्टर

विपक्षी गठबन्धनले ओलीलाई सहयोग नगर्न सरकारी कर्मचारीलाई धम्की दिएपछि एमालेले गर्यो काउन्टर

नेपाल पाना जेठ १७ २०७८
  • 11.1K
    SHARES
  • विपक्षी गठबन्धनले ओलीलाई सहयोग नगर्न सरकारी कर्मचारीलाई धम्की दिएपछि एमालेले गर्यो काउन्टर

    काठमाडौं । नयाँ सरकार गठनका लागि सर्वोच्च अदालत पुगेको विपक्षी गठबन्धनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमाथि दबाब बढाउने रणनीति लिएको छ । मिडिया ट्रायलदेखि सामाजिक सञ्जालसम्म फण्डा गरेर दबाब बढाउने रणनीति छ । यसैक्रममा आइतवार विपक्षी गठबन्धनले विज्ञप्ति निकालेर सरकारी कर्मचारीलाई चेतावनीको भाषामा सरकारका कामकारवाहीमा साथ नदिन भन्यो । 

    विपक्षी दलले आइतवार एक वक्तव्य जारी गर्दै सरकारलाई दीर्घकालीन असर पार्ने खालको कुनै काम नगर्न चेतावनी दिएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै विपक्षी दलले यस्तो चेतावनी दिएको हो । 'प्रधानमन्त्रीका रुपमा हामीले विधिवत् दावी प्रस्तुत गरिसकेको अवस्थामा देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनै पनि कामकार्वाई नगर्न सरकारलाई चेतावनी दिन चहान्छौं,' संयुक्त वक्तव्यमा भनिएको छ, 'सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गर्दछौं।'

    विपक्षी गठबन्धनले राज्यका अंगलाई नै थर्काएपछि नेकपा एमालेले काउन्टर दिएको छ । एमाले युवा नेता विष्णु रिजालले पाँच दलीय गठबन्धनको विज्ञप्तिमाथि आपत्ति जनाएका छन् । सोमवार बिहान ट्वीटमार्फत रिजालले महामारीका बेला यस्तो भन्नु आपत्तिजनक कुरा भएको बताएका हुन् ।

    'विपक्षी गठबन्धनले सरकार बनाएछ भने कर्मचारीतन्त्रसहित सिंगो राज्य संयन्त्र मातहतमा आइहाल्छ । प्रम भइसकेका र हुन तीब्र आकांक्षा गरिरहेकाहरुले महामारीका बेला कर्मचारीसँग सरकारलाई सहयोग नगर भन्नु आपत्तिजनक छ,' रिजालले भनेका छन्, '७० को दशकमा भारतमा जयप्रकाश नारायणले यस्तै आह्वान गर्दा परिणाम के भएको थियो !'

    जेठ १७, २०७८ सोमवार १०:२०:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana