Logo

बुधवार, मंसिर १५ गते २०७८

images

सर्वोच्च अदालतबाट आउँदैछ विपक्षी गठबन्धन ठहरै ढल्ने फैसला

सर्वोच्च अदालतबाट आउँदैछ विपक्षी गठबन्धन ठहरै ढल्ने फैसला

नेपाल पाना जेठ १७ २०७८
  • 29.2K
    SHARES
  • सर्वोच्च अदालतबाट आउँदैछ विपक्षी गठबन्धन ठहरै ढल्ने फैसला

    काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतत्वमा गठित वर्तमान इजलासलाई नै निरन्तरता दिने भएको छ ।
     
    आज आउने भनिएको आदेशका लागि निर्णय भइसकेको छ । न्यायाधीश फेर्दा सरकार पक्षले फेरि निवेदन दिने र फेरि झमेला हुने निष्कर्ष निकालेर प्रधानन्यायाधीश जबरा वर्तमान इजलासलाई नै निरन्तरता दिने निर्णयमा पुगेका हुन् । आदेश केही बेरमा आउँदैछ ।

    न्यायाधीश कुन राख्ने भन्ने अधिकार प्रधानन्यायाधीशको हो । तर विपक्षी गठबन्धनका वकिलहरुले अनेक बखेडा झिकेर पहिलेजस्तै अदालतको सुनुवाइलाई लम्ब्याउने र बाहिर प्रभावित पार्नका लागि विभिन्न स्टण्ट गर्ने रणनीति लिएको छ । यसपालि यो रणनीतिविरुद्ध महान्यायाधिवक्ता रमेश बडाल खरो उत्रिएका छन् । जसका कारण विपक्षी वकिलहरुले इजलासमा धेरै दबाब दिन सकेका छैनन् ।

    इजलासमा प्रधानन्यायाधीश जबराका साथै आनन्दमोहन भट्टराई, दिपककुमार कार्की, तेजबहादुर केसी र वमकुमार श्रेष्ठ छन् । नेकपा फैसलासँग जोडेर विपक्षीले न्यायाधीद्वय केसी र श्रेष्ठले इजलास छोड्नुपर्ने माग गरेका छन् । त्यसको काउन्टरमा सरकारी वकिलले यदि न्यायाधीश केसी र श्रेष्ठ हट्ने हो भने अहिलेका कुनै पनि न्यायाधीशले प्रधानमन्त्रीविरुद्धको मुद्दा हेर्न नपाउने र आफूहरुले पनि नयाँ न्यायाधीश आएपछि मात्रै मुद्दा हेर्नुपर्ने भनेर निवेदन दिने चेतावनी दिएका छन्

    दुबै पक्षको दबाबका बिच प्रधानन्यायाधीश यसै इजलासलाई निरन्तरता दिने निष्कर्षमा पुगेका हुन् । यसको आदेश आजै आउने बताइएको छ । इजलासलाई निरन्तरता दिने विपक्षीहरु आफू अनुकुल न्यायाधीश ल्याउने प्रयास असफल हुनेछ ।

    जेठ १७, २०७८ सोमवार १३:२५:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सर्बोच्च अदालत

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana