Logo

आइतवार, कार्तिक ७ गते २०७८

images

विश्वकप छनोट खेल खेल्न नेपाली टोली कुवेतमा

विश्वकप छनोट खेल खेल्न नेपाली टोली कुवेतमा

नेपालपाना जेठ १७ २०७८
  • 5.5K
    SHARES
  • विश्वकप छनोट खेल खेल्न नेपाली टोली कुवेतमा

    काठमाडौं। विश्वकप फुटबलको छनोट खेल खेल्न नेपाली टोली कुवेत पुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटको बाँकी खेल नेपाली टोली कुवेत पुगेको हो । 

    इराकसितको मैत्रीपूर्ण खेल खेलेर टोली त्यहाँबाट कुवेत प्रस्थान गरेको हो । कुवेतमा नेपाली टोलीले तीन  खेल खेल्ने छ । पहिलो खेल नेपालले यही जेठ २० गते चाइनीज ताइपेइसित खेल्ने छ । दोस्रो खेल जेठ २४ गते जोर्डनसित तथा तेस्रो खेल जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । 

    विश्वकप छनोट र एसियन कप छनोटका लागी राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडी छनोट गर्नुभएको हो । नेपाली टोली स्थालमार्ग हुँदै कुवेत पुगेको हो । शनिबार नेपाल मैत्रीपूर्ण खेलमा इराकसित ६–२ गोलअन्तरले पराजित भएको थियो । कुवेत पुगेपछि नेपाली टोलीका सबै सदस्यको पिसिआर परीक्षण गरिएको थियो । सवैको पिसिआर रिपोर्ट नेगेटिभ आएको एन्फाले जनाएको छ । 

    नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन् । 

    जेठ १७, २०७८ सोमवार २०:३०:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana