Logo

बुधवार, मंसिर १५ गते २०७८

images

भारतमा कोरोनाको दोस्रो लहरले अर्थतन्त्रमा ठुलो असर नगर्ने बिश्लेषण

भारतमा कोरोनाको दोस्रो लहरले अर्थतन्त्रमा ठुलो असर नगर्ने बिश्लेषण

नेपाल पाना जेठ १८ २०७८
  • 6.6K
    SHARES
  • भारतमा कोरोनाको दोस्रो लहरले अर्थतन्त्रमा ठुलो असर नगर्ने बिश्लेषण

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको दोस्रो लहरले अर्थतन्त्रमा ठुलो असर नगर्ने बिश्लेषण गरिएको छ ।

    भारतीय प्रमुख आर्थिक सल्लाहकार के भी सुब्रमानीएनले कोरोना भाइरसको दोस्रो लहरले मुलुकको अर्थतन्त्रमा ठुलो असर नहुने बिश्लेषण गरेका छन् ।

    विश्वमै कोभिड १९ को दोस्रो लहरबारे सहि आंकलन गर्न नसकिएको भन्दै यसले भारतको अर्थतन्त्रमा ठुलो असर नगर्ने  सुब्रिमानीएनले  बताएका हुन् । माहामारीको बाबजुद पनि मुलुकको अर्थतन्त्रमा ठुलो असर भने नपर्ने उनले बताए ।

    भारतमा विगत दुई बर्ष यता सरकारी स्वामित्वका बैकहरु अझ राम्रो अबस्थामा भएको उनले बताए । कोरोनाको दोस्रो लहरले थप आर्थिक क्षेत्र असर पार्ने त्रास रहेको बेला सरकारी स्वामित्वका बैंकहरु तथा सरकारले कोरोना असरलाई समाधान गर्न सक्ने आर्थिक सल्लाहकार सुब्रिमानीएनले बताए । - इकोनोमिक टाईम्स

    जेठ १८, २०७८ मंगलवार ०८:५४:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana