Logo

बुधवार, मंसिर १५ गते २०७८

images

भारतमा जारी कोभिड १९ माहामारीबारे अमेरिकी सांसदहरुद्धारा चिन्ता व्यक्त

भारतमा जारी कोभिड १९ माहामारीबारे अमेरिकी सांसदहरुद्धारा चिन्ता व्यक्त

नेपाल पाना जेठ १८ २०७८
  • 3.4K
    SHARES
  • भारतमा जारी कोभिड १९ माहामारीबारे अमेरिकी सांसदहरुद्धारा चिन्ता व्यक्त

    वासिंगटन डि सि । अमेरिकी संसदहरुले भारतमा कोभिड १९ माहामारीको दोस्रो लहरबारे चिन्ता व्याक्त गरेका छन् ।

    भारतमा कोभिड १९ को दोस्रो लहर भयावह भईरहेको बेला आवश्यक सहयोग उपलब्ध गर्न अमेरिकी सांसदहरुले राष्ट्रपति जो बाइडेनलाई आग्रह गरेका छन् ।

    अमेरिकी डेमोक्रेटिक दलका सांसद इडवार्ड मार्कीले आफुहरुसँग स्रोतसाधन भएको र आवश्यकतामा परेका हरुलाई सहयोग गर्नु नैतिक कर्तव्य रहेको भन्दै ट्विइट गरेका छन् ।

    अमेरिकासँग आफ्ना नागरिकलाई चाहिने भन्दा धेरै खोप रहेको र भारतलाई सहयोग गनुपर्ने मार्कीले बताएका छन् । त्यस्तै सांसदहरु ग्रीगरी मिक्स र हेली स्टेभन्सले पनि भारतमा कोभिड माहामारीमा चिन्ता व्याक्त गर्दै अमेरिकी सरकारले सहयोग गर्ने बताएका छन् ।

    भारतमा फैलिरहेको कोभिड १९ को दोस्रो लहरमा विश्वमै सबैभन्दा धेरै दैनिक संक्रमित भईरहेका छन् ।- सीएन्बीसी टिभी १८

    जेठ १८, २०७८ मंगलवार ०९:००:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana