Logo

बुधवार, मंसिर १५ गते २०७८

images

एमालेको भातृ संगठन युवा संघले पायो नयाँ नेतृत्व

एमालेको भातृ संगठन युवा संघले पायो नयाँ नेतृत्व

नेपाल पाना जेठ १८ २०७८
  • 5.5K
    SHARES
  • एमालेको भातृ संगठन युवा संघले पायो नयाँ नेतृत्व

    काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघको अध्यक्षमा किरण पौडेल चयन भएका छन् ।

    सोमवार युवा संघको केन्द्रीय सचिवालय बैठकबाट पौडेललाई नेतृत्व हस्तान्तरण गरिएको हो । निवर्तमान अध्यक्ष बच्चनबहादुर सिंहले पौडेललाई नेतृत्व हस्तान्तरण गरे ।

    केही महिनाअघि मात्र सिंह अध्यक्ष भएका थिए । पौडेल यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।

    युवा संघको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर युवाले जागरण फैलाउनुपर्ने बताए ।

    ‘अहिले कोभिड–१९ को बेला कसरी निर्वाचन हुन्छ भनेर गरिएको यो कुप्रचारको जवाफ युवा संघले दिनुपर्छ,’ ओलीले भने । ओलीले पार्टीभित्र माधव नेपाल समूहले अराजकता मच्चाएको आरोप लगाए ।

    ‘पार्टीका उम्मेदवारविरुद्ध फ्लोर क्रस गर्ने गराउने, बागी उम्मेदवार उठाउने जस्ता अराजक काम भए,’ ओलीले भने ।

    जेठ १८, २०७८ मंगलवार ०९:१०:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले

  • नेपाल पाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana