Logo

शुक्रवार, मंसिर १६ गते २०७९

‘मधेस मुद्दा समाधान हुन नदिन उपेन्द्रले हामीलाई प्रतिगमनकारी भने, मधेसविरोधीलाई जनताले माफ गर्नेछैन’

‘मधेस मुद्दा समाधान हुन नदिन उपेन्द्रले हामीलाई प्रतिगमनकारी भने, मधेसविरोधीलाई जनताले माफ गर्नेछैन’

नेपालपाना जेठ १९ २०७८
  • 8.7K
    SHARES
  • ‘मधेस मुद्दा समाधान हुन नदिन उपेन्द्रले हामीलाई प्रतिगमनकारी भने, मधेसविरोधीलाई जनताले माफ गर्नेछैन’

    काठमाडौं । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले उपेन्द्र यादवको आलोचना गरेका छन् । मधेसका मुद्दा सम्बोधनका लागि राजनीति गर्ने तर मुद्दा सम्बोधन नगर्ने शक्तिसँग अग्रगमन भन्दै साठगाँठ गरेको भन्दै उनले यादवको कडा आलोचना गरेका हुन् । 

    मुद्दा सम्बोधन हुन दिन उपेन्द्रले आफूहरुलाई प्रतिगमनकारी भनेको उनले बताए। कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पटकपटक वार्ता गर्दा पनि मुद्दा सम्बोधनमा चासो नदिएको र अहिले तिनैसँग मिलेर उपेन्द्रले पनि भाड्न खोजेको आरोप लगाए । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको माग सम्बोधनमा अग्रगमनकारी कदम चालेको कर्णले बताए ।   ‘६ महिना आन्दोलन गयौं, केही उपलब्धि हासिल भयो, केही बाँकी थियो, त्यो सबै पुरा गराउन आफूहरु सरकारसँग निरन्तर संवाद र सहकार्यको रणनीतिमा पुगेपछि प्रतिगमनकारी भनिँदैछ,’ उनले भने, ‘देउवाजी, प्रचण्डजीलगायत धेरैसँग वार्ता र छलफल भयो, मधेसको मागबारे उहाँहरु केही ठोस निर्णयमा पुग्न सक्नुभएन, अनि उहाँहरु चाही अग्रगमनकारी हुनु भयो ।’

    उनले विगतको पटकपटकको मधेस थरुहट आन्दोलनले निर्दिष्ट गरेको मुद्दामाथि हालको सरकार लचिलो भएकोले केन्द्र सरकारलाई सघाउने निर्णयमा आफुहरु पुगेको पनि उनले स्पष्ट पारे। ‘हामीहरुलाई थाहा छ, कहाँबाट मधेसको माग पुरा हुन्छ, त्यसकारण अघि बढेका हौं,’ उनले भने, ‘विगतको विभिन्न आन्दोलनको क्रममा थुनामा रहेका तथा सरकारवादी मुद्दाका करिब १४० जनाभन्दा बढी जनाको मुद्दा फिर्ता भइसकेको छ, रेशम चौधरीलाई पनि छुटाउने पहल भइरहेको, अर्को संविधान संशोधनको लागि सरकारले मेरै संयोजकत्वमा ५ सदस्यीय कार्यदल पनि गठन गरिसकेको अवस्थामा हामीले के गल्ती गरेको छौ, कसरी प्रतिगमनकारी भयौं, यो प्रश्न उहाँहरुलाई मज्जाले थाहा छ।’

    जेठ १९, २०७८ बुधवार १७:५०:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # उपेन्द्र यादव

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend