काठमाडौं। मलेसियाले आफ्नो हवाई क्षेत्रमा घुसेपछि चीनका १६ लडाकु विमानहरुलाई धपाएको छ ।
मलेसियाको समुद्री छेउको सबा राज्य नजिकैबाट चिनियाँ विमानहरु उडेपछि मलेसियाको हवाई सेनाले २९८ फाइटर जेट विमान पठाएको जनाएको छ ।
मलेसियाको उड्ययन क्षेत्रलाई चुनौती दिएपछि आफ्नो फाइटर जेट पठाएर ती विमानलाई धपाइएको मलेसियाको दाबी छ ।
विवादास्पद दक्षिण चीन सागरलाई आफ्नो समुद्र बताउने चीनले मलेसियाको सबा र सरावक राज्य छेउसम्म फैलिएका समुद्रमा पनि दाबी गर्दछ। मलेसिया, फिलिपिन्स, इन्डोनेसिया, ब्रुनाइ र भियतनामले पनि दक्षिण चीन सागर आफ्नो भएको बताउँछन्।
तर चीनले यस समुद्रको अधिकाँश क्षेत्र नियन्त्रणमा लिएको छ। मलेसिया नजिकैका दक्षिण चीन सागरको भाग नाइन–ड्यास लाइन अन्तर्गत आफ्नो क्षेत्र भएको चीनको दाबी मलेसियाले सुरुवातबाट अस्वीकार गर्दै आएको छ।